१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दमक उद्योग वाणिज्य संघले नगरपालिकालाई १ लाख रूपैयाँ बढी सहयाेग हस्तान्तरण


१७ चैत्र २०७६, सोमबार  

0
Shares

20200330_155547
दमक १७, चैत /
दमक उद्योग बाणिज्य संघले दमक नगरपालिकाले संचालन गरेको कोरोना भाइरस संक्रमण,रोकथाम तथा नियन्त्रण अभियानमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
आज संघका अध्यक्ष गोकुल श्रेष्ठ , पुर्व अध्यक्ष प्रकाश प्रसाईं सहित संघका नेताहरुको एक टोलिले नगर प्रमुख रोमनाथ ओलीलाइ सो रकम हस्तान्तरण गरेको हो ।
नगरपालिकाको सो अभियान अन्तर्गत, बिपत ब्यबस्थापन कोषमार्फत कोरोना प्रभावित निम्न बर्गिय परिवारलाई राहत स्वरुप उपलब्ध गराउन साे रकम प्रदान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । सो अवसरमा नगर प्रमुख ओली , उप प्रमुख गीता अधिकारीले संघको सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १० : १३ बजे