६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मेची र बीएन्डसीमा कोरोनाका शङ्कास्पद विरामीको उपचार


१५ चैत्र २०७६, शनिबार  

0
Shares

image
दमक १५, चैत / झापामा कोभिड–१९ को शङ्कास्पद विरामीको उपचार गर्ने जिम्मा अब भद्रपुरको मेची अञ्चल अस्पताल र विर्तामोडको बीएन्डसी हस्पिटललाई दिइएको छ ।
जिल्ला विपत व्यवस्थापन समितिका सदस्य एवम नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार शनिवार झापास्थित निजी अस्पतालका सञ्चालकहरुसँगको बैठकबाट उक्त निर्णय गरिएको हो ।
‘अहिले मेची अस्पतालले हेर्दै गर्छ,’ रेडक्रसका अध्यक्ष ढकालले भने–‘बीएन्डसीले पर्सी (सोमवार)देखि शङ्कास्पद विरामी हेर्न थाल्नेछ ।’
बीएन्डसीले पीपीई सेट नभई उपचार गर्न नसकिने जनाएपछि बुद्धशान्ति गाउँपालिकाका अध्यक्षको पहलमा आइतवारसम्ममा २८० सेट पीपीई ल्याउने पहल गरिएको ढकालले बताए ।
उनले निजी हस्पिटलका गेटहरु शनिवारदेखि नै खुला राखिने र सबै हस्पिटलमा फिवर क्लिनिक चलाउने बैठकमा निर्णय भएको जानकारी दिए ।
निजी अस्पतालहरुले पीपीईको अभाव देखाउँदै अस्पतालमा आउने ज्वरोका विरामीलाई उपचार नगरी फर्काउने गरेको जनगुनासो आइरहेको बेला विपत व्यवस्थापन समितिको बैठकले समाधानमुखी निर्णय गरेको हो ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १२ : १४ बजे