१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दैनिक गुजारा चलाउने परिवारलाई खाद्यान्न उपलव्ध गराउने गौरीगंज गाउँपालिकाको निर्णय


१५ चैत्र २०७६, शनिबार  

0
Shares

photo gaupalika

 

गौरीगंज १५, चैत  /
आज मिति २०७६ साल चैत्र महिना १५ गते शनिवारका दिन यस गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष श्री बाबुराजा श्रेष्ठ ज्यँको अध्यक्षतामा बैठक बसी तपसिल वमोजमिको उपस्थितीमा   निम्नानुसार निर्णयहरु गरियो .
पदाधिकारीहरुको नाम थर पद उपस्थिती
श्री बाव’राजा श्रेष्ठ अध्यक्ष
श्री दिपिन्द्र थापा उपाध्यक्ष
श्री कात्र्तिकलाल राजवंशी वडा अध्यक्ष, वडा नं. १
श्री अघन’ प्रसाद राजवंशी वडा अध्यक्ष, वडा नं. २
श्री मखना महतो वडा अध्यक्ष, वडा नं. ३
श्री क’ल प्रसाद गिरी वडा अध्यक्ष, वडा नं. ४
श्री विजय प्रसाद सिंह वडा अध्यक्ष, वडा नं. ५
श्री वद्रीनारायण यादव वडा अध्यक्ष, वडा नं. ६
श्री रीता तामाङ्ग कार्यपालिका सदस्य
श्री सरिता शेर्पा कार्यपालिका सदस्य
श्री राधा अधिकारी कार्यपालिका सदस्य
श्री लिला देवी गनगाई कार्यपालिका सदस्य
श्री भिम प्रसाद राजवंशी कार्यपालिका सदस्य
श्री जेठा म’मर्’ कार्यपालिका सदस्य
श्री प्रविन दहाल प्र.प्र.अ. सदस्य सचिव
श्री रामचन्द्र मिश्र स्वास्थ्य संयोजक, आमन्त्रित
श्री गणेश भट्टराई प्रहरी निरिक्षक, आमन्त्रित
श्री साइमान श्रेष्ठ शसस्त्र प्रहरी निरिक्षक, आमन्त्रित

निर्णयहरु

१.. मेची अञ्चल अस्पताललाई आर्थिक सहयोग सम्वन्धमा तपशिल निर्णय गरियो ः

मिति २०७६÷१२÷०७ मा भद्रपुमा सम्पन्न झपा जिल्ला अन्तर्गत सम्पुर्ण स्थानिय तहको संयुक्त वैठकको निर्णय अनुसार मेची अञ्चल अस्पताल, भद्रपुरलाई यस गाउँपालिकाले उपलव्ध गराउने प्रतिवद्वता जनाएको रकम रु २०००००÷– तत्काल उपलव्ध गराउने निर्णय गरियो ।

२. खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरुको सहज आपुर्तिका लागी तपशिल अनुसार निर्णय गरियो ः
क) ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाउने परिवारलाइ लक डाउनको समयमा खाद्यान्न उपलव्ध गराउने सम्वन्धमा वडा समितीहरुले सर्वदलिय छलफल गरी प्रत्येक वडामा रहेका दैनिक ज्याला मजदुरी गरेर मात्र छाक टार्ने परिवारको विवरण संकलन गर्ने र त्यस्ता परिवारलाइ पहिलो चरणमा १० केजी चामल, १ केजी दाल, १ केजी नुन र १ लिटर खाने तेल गाउँपालिका, वडा कार्यालय, सुरक्षा निकाय, रेडक्रस तथा स्थानिय स्वयमसेवक परिचालन गरी घर घरमा उपलव्ध गराउने   ।
ख) यस कार्यकालागी ४ वटा पिक अप भ्यान र ६ वटा सिटी सफारी उपयोग गर्ने।
ग) खाद्यान्नका पसलहरु विहान ७ वजेदेखी १० वजे सम्म र दिउसो ३ वजेदेखी साँझ ६ वजे सम्म खुला रहने र कुटानी पिसानी मिलहरु विहान ७ वजेदेखी १० वजेसम्म खुल्ला रहने । तर अनावश्यक भिड हुन नदिन निश्चित दुरी कायम राखी पसल तथा मिल व्यावसायीले आफै व्यवस्थापन गर्नुपर्ने छ ।
घ) सागसव्जी तथा फलफुल पसलहुरुको हकमा व्यापारीहरुले घरघरवाटै विक्री गर्न सक्ने तर खुला तरिकाले वजारमा तरकारी वेच्न नपाउने, उपभोक्तहरुले व्यक्तिगत सम्पर्क गरी आफुलाइ आवश्यक पर्ने तरकारी जुटाउनु पर्नेे ।

३. कोरोना राहत कोषमा सहयोगका लागी आह्वान गर्ने सम्वन्धमा तपशिल अनुसार निर्णय गरियो ः
क) मिति २०७६÷१२÷११ मा सम्पन्न कार्यपालिका बैठकको निर्णय अनुसार स्थापित कोरोना राहत कोषमा नगद तथा खाद्यान्न सहयोगकालागी सम्पुर्ण इच्छुक महानुभावहरुमा आह्वान गर्ने .
ख) नगद, चामल, दाल, नुन र तेल वाहेक अन्य सामान राहत कोषमा जम्मा नगर्ने .
ग) यसरी कोष्मा जम्मा भएको नगद तथा जिन्सी एकद्वार प्रणलीद्वारा वैज्ञानिक र व्यवस्थित ढंगले लक्षित समुदायमा वितरण गर्ने .
घ) गाउँपालिका संग समन्वय नगरी कुनै पनि व्यक्ति तथा संघ संस्थाहरुले आफु खुसी राहत वितरण गर्न नपाउने ।

४. सुचनाको आधिकारिकता तथा वैधता सम्वन्धमा तपशिल अन’सार निर्णय गरियो ः
क) आधिकारिक निकायह? जस्तै कार्यपालिका कार्यालय, सुरक्षा निकाय, स्वास्थ्य शाखा, स्वास्थ्य संस्थाहरु, क्वारेण्टाइन समिती आदिसंग सत्य तथ्य नव’झि हच’वाको भरमा सामाजिक संजाल मार्पmत कुनैपनि वैज्ञानिक आधार तथा पुष्ट्याइ नहुने स’चना संप्रेशण गरी संत्रास पैmलाउने खालका समाचार संप्रेषण गर्ने व्यक्ति तथा संस्थालाई प्रचलित कानुन वमोजिम कार्वाहिकालागी सिफारिस गर्ने ।
ख) आधिकारिक सुचना प्रवाहकालागी वडाहरुमा सुचना केन्द्र स्थापना गरी प्राप्त सुचनाहरुलाइ गाउँपालिकाको सुचना संकलन केन्द्र मार्पmत जिल्ला समन्वय समितीको सुचना केन्द्रमा सम्प्रेषण गर्ने गराउने र सो व्यवस्थाको लागि वार्डमा वडा सचिव र गाउँपालिकामा सुचना अधिकृत लाइ फोकल पर्सनको जिम्मेवारी दिने ।

५.सवारी पास सम्वन्धमा तपशिल अनुसार निर्णय गरियो ः

यस गौरीगंज गाँउपालिका भित्र रहेका अतिआवश्यक विभिन्न व्याक्ति तथा संस्थाहरुलाई जनताको दैनिक सेवा पु¥याउने उद्येश्यले तपशिलका व्यक्ति तथा व्यवसायहरुलाई जिल्ला प्रशासन कार्यलय मार्पmत सवारी पासको व्यवस्था मिलाउने भनि निर्णय गरियो .
तपशिल ः
क) स्वास्थ्यकर्मीहरु
ख) औषधि पसल संचालकहरु
ग) मेडिकल ल्याव संचालकहरु
घ) संचारकर्मीहरु
ङ) पेट्रोल पम्प व्यवसाय संचालकहरु
च) गा. पा. का कर्मचारी तथा वडा सचिवहरु

६. स्वयमसेवक परिचालन सम्बन्धमा तपशिल अन’सार निर्णय गरियो ः
प्रत्येका वडाको नाका मार्पmत विदेशीहरुको आवतजावतलाई नियन्त्रण गर्नका लागि प्रत्येक वडाको सिमा क्षेत्रमा वडा समन्वय समिति मार्पmत स्वयमसेवक दल गठन गरि कोरोना भाइरश को संक्रमणबाट बच्न थप सेवा प्रदान गर्ने ।

७. सर्वदलिय बैठक सम्वन्धमा तपशिल अन’सार निर्णय गरियो ः
कोरोना संक्रमण तथा रोकथाम तथा नियन्त्रण एवम वर्तमानअवस्था वारे छलफल गर्न गाउँपालिका अध्यक्ष ज्यूले भोली २०७६ साल चैत्र १६ गते सर्वदलिय वैठक आह्वान गर्ने निर्णय गरियो ।

उल्लेखित निर्णयहरु सहित आजको बैठक सम्पन्न भयो .

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ८ : ५९ बजे