९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

गाैरादहकाे वार्ड नं. ९ वैगुन्धुरामा किटनाशक औषधि छर्याे


१२ चैत्र २०७६, बुधबार  

0
Shares

20200325_190844

गौरादह १२, चैत / गौरादह नगरपालिका वडा नं -९ बैगुन्धुराले काेराेना भाइरसकाे जाेखिम नियन्त्रण गर्न वडा भित्र रहेका सार्वजनिक स्थल र कार्यालयहरूमा किटनाशक औषधि छर्ने कार्य गरेकाे छ ।
वडा भित्र बसाेवास गर्ने सम्पुर्ण नागरिकहरुलाई काेराेना भाइरसबाट वच्न गाउँ, टाेल, बस्ती बस्तीमा वडाध्यक्ष सिताराम भट्टराई र वडा स्तरिय समन्वय समितिसहितकाे टाेली पुगेर नागरिकहरुलाई सचेत गराउने, वडाभित्र सचेतना फैलाउने , वडाका विभिन्न सार्बजनिक स्थानहरुमा साबुन पानीले हात धुनका लागि साबुन र भाडा राख्ने , पर्चा बितरण , पाेष्टरिङ गर्ने , सार्बजनिक स्थल तथा कार्यालयहरुमा किटनाशक औषधि छर्कने कार्य गरिएकाे वडा सचिव राम प्रसाद दाहालले जानकारी गराएका छन् । काेराेना भाईरसकाे संक्रमणकाे आशंकामा क्वारेन्टाइनमा रहेका गाैरादह नगरपालिका वार्ड नं. ९ बैगुन्धाराका एक युवाकाे घरकाे २ सय मिटर वरपर किटनाशक औषधि समेत छरेकाे छ ।

20200325_190900
वडा भित्र रहेका मुख्य चौक, बजार तथा मानिसहरुकाे जमघट हुने ठाउँमा सजगताका लागि वडा अध्यक्ष सीताराम भट्टराईकाे अध्यक्षतामा गठन भएकाे काेराेना भाइरस संक्रमण,सजगता, राेकथाम तथा नियन्त्रण समन्वय समितिले वडा भित्रका सबै गाउँ,टाेल , बस्ती र मुख्य चौक तथा बजारहरुमा धारा सहितकाे ड्रम र हात धुने साबुन बितरण गरेकाे छ।त्यसैगरी समितिले गाउँमा पुगेर वडा भित्रका १३ स्थानमा धारा सहितकाे ड्रम सेट र साबुन राखेकाे छ।साबिककाे बैगुन्धुरा गाबिस नै एउटै वडा रहेकाे बैगुन्धुराका मुख्य बजार,मिलन चौक,झमक चौक,चौतारा चौक,भट्टा,त्रिबेणी टौल,खजुरवारी चौक,चाँदनी चौक,ग्वालमुनि चौक,दह गाउँ,प्रविण चौक लगायतका १३ स्थानमा पर्चा,पम्प्लेट ब्यानर सहित हात धुने साबुन पानी र माक्स काे ब्यवस्था गरेकाे हाे।  सचेत बन्न सुचना प्रवाह गर्दै गाउँ टाेलमा पुगेकाे टाेलिले काेराेना भाइरस भित्रिन सक्ने र आफू सुरक्षीत हुने उपायका बारेमा प्रशिक्षण दिदै हात धुने तरिका सिकाएकाे वडा सचिब राम प्रसाद दहालले बताए। भुगाेलकाे आधारमा गौरादह नगरपालिकाकाे सबै भन्दा ठुलाे वडा भएकाले काेराेना  भाइरसकाे लक्षण,असर र नियन्त्रणका उपायका बारेमा सबै जनसमुदायमा प्रशिक्षण दिन जरुरी भएकाले गाउँ टाेलमा पुगेर जानकारी गराइएको वडा नं -९ का स्वास्थ्य चौकी प्रमुख बिष्णु बहादुर प्रधानले बताए। वडावासिहरुलाई बाहिरबाट काेहि ब्यक्ति आएमा वा ज्वराे आएमा उनिहरुलाई सकेसम्म छिटाे नजिककाे स्वास्थ्य चौकीमा चेकजाँचका लागि पठाउन अनुराेध गरेकाे वडा कार्यलयका कर्मचारी केदार बाबू गिरीले बताए। कार्यक्रममा वडा अध्यक्ष सीताराम भट्टराई, वडा सदश्य कृष्ण प्रसाद गाैतम, वडा सचिब राम प्रसाद दहाल , वडा कर्मचारि केदार बाबू गिरी , कुमार राेक्का, स्वास्थ्य चाैकी प्रमुख बिष्णु बहादुर श्रेष्ठलगायत स्वास्थ्यकाे टिमलगायत स्थानीय गतिशिल युवा क्लबका प्रतिनिधिकाे सहभागिता रहेकाे स्वास्थ्य विमा प्रमुख यज्ञनिधि खतिवडाले बताएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १ : २९ बजे