१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजका जनप्रतिनिधिले एक महिना बराबरकाे सेवा सुविधा वापतकाे रकम काेराेना नियन्त्रणका लागि दिने


११ चैत्र २०७६, मंगलबार  

0
Shares

20200324_210102

गाैरीगंज ११, चैत / गाैरीगंज गाउँपालिकाकाे कार्यपालिकाका सम्पुर्ण सदस्हरूले आफुले प्राप्तगर्दै आएकाे एक महिना बरावरकाे सेवासुविधा वापतकाे रकम काेराेना भाईरस नियन्त्रणका लागि खर्च गर्ने भएका छन् ।
कार्यपालिकाकाे आज मंगलवार बसेकाे बैठकमा जनप्रतिनिधिहरूले गाउँपालिकाकाे विपद् व्यवस्थापन काेषमा जम्मा हुनेगरी सेवासुविधा वापतकाे रकम दिने भएका हुन् ।

गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाकाे अध्यक्षतामा बसेकाे बैठकले काेराेना काेभिड १९ काे विश्वव्यापी महामारीबाट यस गाउँपालिकामा हुनसक्ने सम्भावित जाेखिम न्युनिकरण, राेकथाम तथा नियन्त्रणका लागि गाउँपालिका अन्तर्गतका सम्पुर्ण स्वास्थ्य सेवासंग सम्बन्धित कर्मचारीहरूलाई २४ घण्टै स्वास्थ्य सेवा कार्यका लागि खटाउने निर्णय समेत गरेकाे छ ।
त्यसैगरी बैठकले काेराेना काेभिड १९ नियन्त्रणका लागि वडास्तरमा जनचेतना जगाउन चैत २२ गतेसम्म जारी राख्ने, वडा कार्यालयले साबुन मास्क वितरण एवं हातधुने स्थल निर्माण तथा व्यवस्थापनलगायतका कार्य गर्न प्रत्येक वडालई रू १, ००००० विनियाेजन गर्ने निर्णय गरेकाे छ ।
बैठकले सम्भावित जाेखिमलाई न्युनिकरण गर्न एवं प्रतिकार्यका लागि नियमित कार्यहरू गर्ने, निर्मित क्वारेन्टाइनलाई थप व्यवस्थित र विस्तार गर्ने, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरू २४ घण्टै परिचालनलगर्ने निर्णय भएकाे छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ३ : २६ बजे