४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरादहमा बजार अनुगमन


८ चैत्र २०७६, शनिबार  

0
Shares

20200321_164228
गौरादह ८, चैत / गौरादह नगरपालिकाभित्र रहेका पसलहरुमा खाद्यान्न र औषधिको अवस्था बुझ्न गौरादह बजार शुक्रबार अनुगमन गरिएको छ। काेराेना भाइरसकाे त्रासका कारण सामानकाे मूल्य बढाइने र आपतकालिन अवस्था आएमा नगरवासीलाई कतिदिनसम्म खाद्यान्नले धान्न सक्छ त्यसकाे बिवरण संकलन गर्न अनुगमन गरिएको उपभाेक्ता हित संरक्षण मञ्च गौरादहका अध्यक्ष दिलिप भन्डारीले जानकारी गराए। अनुगमन टोलीले गौरादह बजार क्षेत्रका पसलहरु मात्र अनुगमन गरेको छ । गौरादह नगरपालिकाको उपभोत्ता हित संरक्षण समितिको निर्णय अनुसार प्रारम्भिक चरणमा खाद्यान्न पसल र औषधी पसल अनुगमन गरेको छ । उपभोत्ता हित संरक्षण समितिले नगरपालिकाभित्र बसोबास गर्ने नागरिकहरुलाई खाद्यान्न अभाव हुन नदिन व्यापारीहरुलाई सल्लाह सुझाव दिंदै पसल अनुगमन गरेको हो । कोरोना भाइरसको महामारी फैलिरहँदा बजारमा कालाबजारी हुन सक्ने खतरालाई रोक्न नगरभित्रका पसलहरुमा के कति खाद्यान्न सामग्री रहेको छ त्यसको यकिन तथ्यांक निकाल्न पहिलो दिन गौरादह बजारका होलसेल पसलहरु अनुगमन गरेको छ । केही दिन भित्रमा नगरपालिका भित्रका अन्य बजारका पसलहरु पनि क्रमशः अनुगमन गर्दै जाने जनाइएको छ । अनुगमनमा उपभोत्ता हित संरक्षण मञ्च, नगरपालिकाको टोली, गौरादह उद्योग वाणिज्य संघ र प्रहरी सहितको टोलीले अनुगमन गरि व्यापारीहरुलाई नियमित रुपमा सामग्री बिक्रि वितरण गर्न र एकै पटक धेरै परिमाणमा खरिद गर्न आएमा बिक्रि नगर्न सल्लाह दिएका थिए । अनुगमन टोलीले बजार अनुगमन गर्दा नगरपालिका भित्रका पसलहरुमा करिब २ महिना सम्म पुग्ने खाद्यान्न र औषधी रहेको निष्कर्श निकालेको छ । अनुगमन टोलीलाई व्यापारीहरुले अन्य खाद्यान्न सामग्री पुग्ने भएता पनि चिनीको अभाव रहेको जानकारी गराएका थिए । खुला सिमानाका कारण छिमेकी मित्र राष्ट्र भारतबाट ब्यापारीहरुले लुकाई छिपाई चिनी नेपालतर्फ आयात गरि सस्तो मूल्यमा उपभोत्ताहरुलाई चिनि बिक्रि गर्दा होलसेल पसलमा चिनी खरिद गर्न ग्राहकहरु कम आउने भएकाले स्टक नगरिएको जानकारी गराएका थिए । उपभोक्ता हित संरक्षण समिति का संयोजक उपमेयर गिता भेट्वालको अध्यक्षतामा बजार अनुगमन भएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ११ : ०० बजे