१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिका अन्तर्गत हुलाकी सडक निर्माण कार्यमा विवाद


६ चैत्र २०७६, बिहिबार  

0
Shares

20200319_200448

गाैरीगंज ६, चैत / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ अन्तर्गत हुलाकी सडक निर्माण कार्यमा विवाद भएकाे छ ।
हुलाकी सडक अन्तर्गत गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ३ गाैरिया खाेलाकाे पुल पुर्वदेखि गाैरीगंज चाैकसम्मकाे बाटाेमा विवाद भएकाे हाे । सडक विभागले गरेकाे हुलाकी सडककाे डिपिअार ( विस्तृत अध्ययन प्रतिवेदन ) अनुसार ठेकेदार कम्पनीले बाटाे छुट्याउन लाग्दा बाटाेकाे दक्षिणतर्फ रहेका स्थानियहरूले विराेध जनाएका थिए ।
उनीहरूले हाल चलन चल्ती बाटाेलाई मानेर त्यसकाे केन्द्र विन्दु यकिन गरि बाटाे छुट्याई बाटाे निर्माण गर्नुपर्ने माग गरेका थिए । तर उनीहरूले त्यसाे भनिरहँदा बाटाेदेखि उत्तरतर्फका स्थानीयहरूले भने सडक विभागले गरेकाे डिपिअार अनुसार नै बाटाे निर्माण गर्नु पर्ने भनिरहेका थिए ।
गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले डिपिअार अनुसार बाटाे नापे पनि यहिनै अन्तिम नाप नभएकाे भन्दै बाटाे नाप्न लगाएका थिए । उनले भने -” डिपिअार नै अन्तिम विकल्प हाेइन, जहाँ विवाद हुन्छ त्यहाँ विकल्प सहितकाे अन्तिम निर्णय गरेर अघि बढ्नु पर्छ । ‘
माेदीदान कन्ट्रक्सन सेवा प्रा.लि.का कन्ट्रक्सन ईन्जिनियर सरद झाले डिपिअार अनुसार नै बाटाे निर्माण गर्ने बताए । उनका अनुसार डिपिअारले यकिन गरेकाे बाटाेकाे बीच केन्द्रविन्दु अनुसार नै बाटाे निर्माण गरिने छ । डिपिर अनुसार भएपनि जहाँ विवाद हुन्छ भने गाउँपालिकासंग समन्वय गरेर अघि बढ्ने ईन्जिनियर झाकाे भनाई थियाे ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष मखना महताेले सडक विभागले गरेकाे डिपिअार ( विस्तृत अध्ययन प्रतिवेदन) अनुसार नै बाटाे निर्माण हुने बताए । हुलाकी बाटाेकाे अन्य स्थानमा डिपिअार अनुसार नै बाटाे निर्माण भईरहेकाे हुनाले त्यही अनुरूप नै यहाँ पनि बाटाे निर्माण हुने वडा अध्यक्ष महताेले बताए । ठेकेदार कम्पनीले डिपिअार अनुसार नै बाटाेकाे केन्द्रविन्दु यकिन गरि दुबैतर्फ १५/१५ मिटर बाटाे छुट्याई निर्माण गरिरहेकाे सब आेभरसियर विष्णु केसीले जानकारी गराए ।

20200319_200340
गौरीगंज गाउँपालिकाकाे खजुरगाछी बजारकाे सडककाे दुबै पट्टी रहेका घरहरु भत्किएका छन् भने हुलाकी सडककाे गाैरीगंज क्षेत्रकाे चिल्हारा, ठेकिटाेला,तुलाचौन, कुञ्जि बजारलगायतका स्थानहरूमा पनि डिपिअार अनुसार नै बाटाे निर्माण हुँदैछ ।
रतुवा खाेला देखि पुर्वमा विरिङ्ग खाेला सम्म २९ किलाेमिटर रहेकाे र सडक निर्माण गर्न १ अरब ५० कराेड रूपैयाँमा ठेक्काकाे जिम्मेवारी पाएकाे माेदीदान कन्ट्रक्सन प्रालिका प्रमुख राम बहादुर गौतमले बताए। हुलाकी सडक निर्माणमा मुख्य बजार तथा मानिसहरुकाे भिडभाड हुने क्षेत्रमा ड्रेनसहित ३० मिटर बाटाे भित्र बाटाे बीचमा २.५ मिटर डिभाईडर, डिभाईडरकाे दुवैतर्फ १०.५० मिटर बाटाे , फुटपाथ दुवैतर्फ २.५० मिटर र ०.७५ मिटर दुवैतर्फ खानेपानी पाईप रहने सब अाेभरसियर केसीले बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  २ : २४ बजे