१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नकरात्मक टिप्पणी गरेको आरोपमा खानेपानीकाे धारा काटियो


५ चैत्र २०७६, बुधबार  

0
Shares

20200318_195133
दमक ५, चैत / खानेपानीका वारेमा सामाजिक सञ्जालमा नकरात्मक टिप्पणी गरेको भन्दै झापा कमल गाँउपालिकाका एक उपभोक्ताको धारा काटिएको छ । लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले कमल ६ का तुलसी तिम्सीनाको धारा लाईन काटिदिएको हो ।
चार दिन अघि कमल ५ का दिनेश अधिकारीले लेदो पानी वितरणमा लार्पावाही भएको उल्लेख गरि आफ्नो फेसबुकमा भिडीयोसहित पोष्ट गरेपछि त्यहाँ तुलसीका छोरा केशव तिम्सीनाले असन्तुष्टि जनाउदै प्रतिकृया जनाएका थिए । त्यही प्रतिकृया जनाएको निहुँमा खानेपानी कार्यालयले तिम्सीनाको धारा काटिदिएको पीडितको भनाई छ । तर खानेपानी कार्यालयले भने केशवले गरेको टिप्पणीले नभई तीन महिना लामो पानीको महषुल नबुझाएपछि नियमानुसार धारा काटिएको अध्यक्ष उषा भण्डारीले वताईन् । उनले संस्थाको बक्यौता असुल गर्न नियमानुसार धारा काटिएको जिकीर गरिन् । अव नियमानुसार धारा पुनः जडान गर्न समय लाग्ने अध्यक्ष भण्डारीको भनाई छ । ग्राहक नम्बर २९८ तिम्सीनाको धारा काटिदाँ करिव १ हजार महशुल तिर्न वाँकी थियो ।
धारा काट्नका लागि उपभोक्तालाई जानकारी गराई राख्नु नपर्ने र यस संस्था भित्र अझै २५ ,३० जना बढी उपभोक्ताको धारा नियमानुसार काटिने प्रकृयामा रहेको उनले वताईन् । तर त्यो भन्दा बढी बक्यौता भएका थुप्रै धाराहरु काट्न भने सकेको छैैन । पानीको बक्यौताकै कारण धारा काटिएपनि ग्राहकले जरिवानासहित बक्यौता बुझाएपछि पुनः जडान गर्नुपर्नेमा समितिले भने तिम्सीनाको विषयमा अटेर गरिआएको वताईएको छ । फेसबुकमा राखेको टिप्पणी कारण खानेपानीकी अध्यक्ष भण्डारीले आफूलाई व्यक्तिगत आक्षेप लगाएको भन्ने गुनासो उठेपछि केशवले आफनो टिप्पणी समेत हटाएका थिए ।
यता उपभोक्ता तिम्सीनाले भने धारा काट्न अघि तीन महिनाको महशुल बुझाउन जाँँदा समेत पैसा बुझ्न अस्वीकार गरेको वताएका छन् । धारा काट्न खोजेपछि हतार हतार पैसा बुझाउन गएका थियौ तर पैसा बुझ्न कार्यालयका कर्मचारीले नमानेको उनको भनाई छ । पैसा बुझाउन पहिला म गए, उपभोक्ता स्वम आउनु पर्ने भने पछि वुवालाई पठाउदाँ समेत छोराले खानेपानीका विरुद्ध नराम्रो टिप्पणी गरेको भन्दै रकम वुझन नमानेको केशवले वताएका छन् ।
सामाजिक सञ्जाल फेसवुकमा अभिव्यक्त गरेको विषयलाई लिएर धारा काटिनु राम्रो नभएको शिक्षक समेत रहेका केशवको गुनासो छ । उनले कमेन्ट गरेको भोलिपल्ट विहान धारा काटिएको थियो । ‘विहान एक्कासी यसरी धारा काट्न दुई जना कर्मचारी आएर धारा काटिदिए’ केशवले खानेपानीको बक्यौता भन्दा आफूले गरेको टिप्पणीका कारण यसरी धारा काटिदिएको सुनाए । तिम्सीनाले १२ बर्ष अघि धारा जडान गरेका थिए । धारा काटिएपछि पहिला पहिला पनि दुई, तिन महिना लामो पानी महशुल बाँकी हुन्थ्यो तर धारा नकाटिएको उनले वताए । पुुरानो रिसईवीको कारण समितिको निर्णय नै विना नै एकल आदेशको भरमा अध्यक्ष भण्डारीले एक्कासी धारा काट्न लगाएकी उनको भनाई छ । यसैवीच धारा काटिएपछि घरसंगै रहेको विद्यालयका विद्यार्थीहरुले समेत स्वच्छ पानी पिउनवाट बञ्चित भएका छन् । त्यस्तै, तिम्सीना परिवारले पूरानो कल मर्मत गरि पानी पिउन बाँध्य हुनुपरेको गुनासो गरेका छन् ।

लेदो पानीको सास्ती

एक दशक अघि जडान गरिएको पाइपका कारण साविक लखनपुर १ हाल कमल ५ मा वितरित पानीमा समस्या देखिएको छ । धारामा आउने फोहोर जस्तो देखिने पानीका कारण उपभोक्ताहरुले सास्ती भोग्दैआएका छन् । केहिदिन यता पानीमा यस्तै लेदो जस्तो पानीआएपछि उपभोक्ताहरु आजित हुदैआएका हुन् । कार्यालयमा भन्यो सुन्दैनन् आजित भएर सामाजिक सञ्जालमा पोष्ट गर्न वाँध्य भएको स्थानीय दिनेश अधिकारीले वताए । उपभोक्ताले पैसा तिरेपछि पानी शुद्धतामा खानेपानी समिति गंभीर वन्नुपर्नेमा तर समिति जवाफदेहि नदेखिएको उनको आरोप छ ।
उनका अनुसार पटक पटक धारामा यसरीनै समस्या आएपनि संस्थाले सार्वजनिक रुपमा त्यसवारे उपभोक्तालाई सूचित गरेको छैन् । खानेपानीको आफनै फेसवुक पेजमा समेत पानीको समस्याका बारेमा उल्लेख गरेको छैनन् । अधिकारी भन्छन्, –‘खानेपानी जस्तो संवेदनशील विषयमा संस्थाका समिति जवाफदेहि देखिन्न । ’ समितिकी अध्यक्ष भण्डारीका अनुसार पूरानो पाइपबाट वेलावेला पानीमा त्यस्तो समस्या आउदै गरेको छ । यस आयोजनाबाट वितरण भएको खानेपानी धमिलो
आएको प्रति सामाजिक संजालहरूमा आएको सुझाब र अनर्गल प्रतिक्रिया नगर्न समितिले आग्रह गरेको छ ।
पुरानो पाइप लाइनहरूका कारण यस्ता खाले समस्या बेला बेलामा झेलिरहनु पर्ने भएकाले त्यसलाई जतिछिटो समाधान गर्न समिति क्रियासिल रहेको अध्यक्ष भण्डारीले जनाईन् । स्थानीय उपभोक्ताको सहभागितामा पाइपलाइन खन्ने पुर्ने लगायतका कार्य सम्पादन गर्न जिम्मेबारी समेत प्रदान गरिसकिएको हुदाँ धमिलो पानी आउने समस्या छिटो समाधान हुने उनले जानकारी दिईन् ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  २ : १० बजे