३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण


२ चैत्र २०७६, आइतबार  

0
Shares

20200315_174159

गौरादह २ चैत / कृषि विकास शाखा गौरादहले नगरपालिका भित्रका किसानहरुलाई खेती गर्न सहजताका लागि कृषि उपकरण वितरण गरेको छ । गौरादह नगरपालिकाले कृषि विकास शाखा अन्तर्गत ५० प्रतिशत अनुदानमा आज इलेक्ट्रीक स्पेयर टयाङ्की र धान काट्ने हाते रिफर वितरण गरेको छ । गौरादह नगरपालिकाले हाते रिफरमा २ लाख र स्पेयर टयाङ्कीमा २ लाख रुपैयाँ लगानी गरेको छ भने, स्पेयर टयाङ्की लिने किसानले २ हजार २ सय र हाते रिफर लिने किसानले १२ हजार ५ सय प्रति किसानले जम्मा गरेका थिए । कृषि विकास शाखाले यस पटक ९१ थान स्पेयर टयाङ्की र १६ थान धान काट्ने हाते रिफर वितरण गरेको छ । हाते रिफर १३ वटा कृषक समूह, ३ जना किसानलाई र स्पेयर टयाङ्की १६ वटा कृषक समूह, ४ वटा कृषि उद्यमी र ५५ जना किसानलाई वितरण गरिएको थियो । कृषि विकास शाखा गौरादह प्रमुख सनिता राईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । गौरादह नगरपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि रोहित कुमार शाहले किसानहरुको आर्थिक अवस्था र जिवनस्तर उकास्न कृषि सामग्री वितरण गरिएको जानकारी गराए । वितरण गरिएका सामग्रीहरु किसानहरुलाई प्रयोग गरि सहजरुपमा खेती गरि उत्पादन बढाउन अनुरोध गरेका छन् । त्यसअवसरमा उपमेयर गिता भेट्वाल, गौरादह नगरपालिका आर्थिक संयोजक गजेन्द्र घिमिरे, वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी र वडा नं. २ का वडाअध्यक्ष हेमन्त कार्कीले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ११ : ५९ बजे