१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

वेपत्ताकाे वेपत्तै, भएन अवस्था सार्वजनिक


१७ भाद्र २०७५, आइतबार  

0
Shares

bepata-704x450vfgh

गाैरीगंज १७,भदौ / दशवर्षे सशस्त्र द्वन्दकालमा राज्यपक्षबाट र विद्राेही पक्षबाट वेपत्ता पारिएकाहरूकाे वर्षाै वितिसक्दा पनि राज्यले उनीहरूकाे अवस्था सार्वजनिक गर्न सकेकाे छैन ।

दशवर्षे सशस्त्र द्वन्द्वमा झापाका १८ जना बेपत्ता पारिएपनि हालसम्म उनीहरूकाे स्थिति सार्वजनिक नगरिदा वेपत्ता परिवार उनीहरू फर्किने झिनाे अाशा लिएर समय व्यतित गरिरहेका छन् ।

झापाबाट तारा रिजाल, जना सुवेदी, चतुरमान सिंह राजवंशी, सुरेश कुमार पोखरेल, पुष्पराज बस्नेत, जगन्नाथ बास्कोटा, चैतन्य मेचे, राजकुमार मेचे, इन्द्रलाल ढकाल, उदयकुमार श्रेष्ठ हेमलाल सुवेदीे, राजेन्द्र घिमिरे, राजेन्द्र चौंलागाईं, रमेशकुमार ढुङ्गेल, शान्तीराम भट्टराई, धीरेन्द्र बस्नेत, सम्झना अधिकारी र मिश्री धिमाल बेपत्ता पारिएका छन् । त्यसैगरी निर्मल राजवंशी, टेकेन्द्र राजवंशी, शम्भु राजवंशी, विजय राजवंशी, टेक नारायण राजवंशी र टाेपलाल राजवंशी वेपत्ता छन् । उनीहरूकाे परिवारले सार्वजनिक गरि क्षतिपूर्तिसहित शहिद घाेषणा गर्न माग गरेका छन् ।

द्वन्द्वमा एकहजार ३ सय ३३ जना व्यक्ति बेपत्ता बनेका थिए । नेपाल रेडक्रस सोसाइटी र आइसीआरसीले सशस्त्र द्वन्द्वको क्रममा उल्लेखित सङ्ख्या बेपत्ताको सूचीमा रहेको जनाएको छ ।
सशस्त्र द्वन्द्व तथा बसाइ सराइ जस्ता कारणले परिवारसँग सम्पर्क विच्छेद भई बेपत्ता हुने क्रम बढ्दो छ ।
धान मिलमा काम गरिरहेको समयमै श्रीमानलाई बेपत्ता बनाएको श्रीमती कल्पना सुवेदीले बताइन् । गत ०६० साल माघ ३० गते बिहान घरैबाट लगेर हालसम्म श्रीमानकाे अत्तोपत्तो नभएको उनले सुनाइन् । तात्कालीन माओवादीले लगेको शङ्का गर्दै आएकोमा पछि नलगेको सार्वजनिक गरेपछि राज्यपक्षले बेपत्ता पारेको उनले दाबी गरिन् । जे जस्तो अवस्थामा भए पनि उनको सार्वजनिक हुनुपर्ने उनले माग गरिन् ।

बेपत्ता पारिएको पन्ध्रवर्ष पुगिसके पनि श्रीमानकाे अवस्था थाहा नपाउँदा रातदिन रोएर बस्नुपरेको उनले दुःख पोखिन् । त्यस्तै पीडा छ पूजा खनाल राजवंशीको पनि । उनका श्रीमानलाई राज्य पक्षले ०५९ पुस १३ गते भारतको सिलिगुडी रेल्वे स्टेशनबाट माओवादीको आरोपमा पक्राउ गरेको जनाइन् । पक्राउ परेकै दिन मध्यराति झापाको चारआली ब्यारेकमा ल्याए पनि हालसम्म सार्वजनिक नगरेको उनले सुनाइन् । पटक–पटक सेनासँग जानकारी लिँदा श्रीमानलाई पक्राउ नगरेको दाबी गर्दै आएको उनले सुनाइन् । वर्षमा एकपटक बेपत्ता दिवसमा सहभागी हुँदै आएको उनको भनाइ छ । ‘कि लास कि सास चाहियो’ –उनले भनिन् ।

प्रकाशित मिति : १७ भाद्र २०७५, आइतबार  ७ : ०५ बजे