५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंजमा दुईले गरे आत्महत्या


१ चैत्र २०७६, शनिबार  

0
Shares

20200314_205144

गाैरीगंज १, चैत / गाैरीगंजमा १४ घण्टाकाे अन्तरालमा २ जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ दन्तकालीकि अन्दाजी ४५ वर्षिया तेजकुमारी भट्टराई र वार्ड नं. ५ छहारी चाैक अन्दाजी वर्ष ३६ का सुरेश मर्डीले झुन्डिएर आत्महत्या गरेका हुन् ।
विहिवार साझ करिब ७ बजे आफ्न‌ै घर भित्र फलामकाे रडमा पासाे लगाई मृतक मर्डी झुन्डिएका थिए भने भट्टराई शुक्रवार राती करिब ९ बजे आफ्नै घर भित्रै भण्डार काेठामा सलकाे पासाे लगाई अात्महत्या गरेकाे ईलाका प्रहरी गाैरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईले जानकारी गराएका छन् ।
मृतकका श्रीमती मराङ्ग माई मर्डीसहित २ छाेरा र १ छाेरी छन् भने मृतक भट्टराईका श्रीमान् शम्भु भट्टराईसहित २ छाेरी र १ छाेरा रहेकाे प्रहरीले जनाएकाे छ । मृतक दुवै जनालाई पाेष्टमार्टमपछि दाहसंस्कार गरी सकिएकाे जनाईएकाे छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ३ : ०९ बजे