४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अरुणाेदय प्रा.बि.काे ब्यवस्थापन समितिकाे अध्यक्षमा पुन: दहाल सर्वसम्मत


२३ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

20200306_190220

गौरादह २३, फागुन / गौरादह नगरपालिका वडा नं -८ स्थित अरुणाेदय प्रा. बि.काे ब्यबस्थापन समितिकाे अध्यक्षमा पुन सूर्य प्रसाद दहाल सर्वसम्मत चयन भएका छन् ।अरुणाेदय प्रा.बि.मा बिद्यालय ब्यबस्थापन समितिकाे अध्यक्ष पदमा यस पटक सहित ७ औ पटक दहाल सर्बसम्मत चयन भएका हुन्।यसअघि दहाल साेहि बिद्यालय ब्यबस्थापन समितिकाे अध्यक्ष पदमा २०४८ साल देखि २०५३ साल सम्म, २०५५ साल देखि २०६४ साल सम्म, २०७३ साल देखि २०७६ साल सम्म अध्यक्ष पदमा चयन भएका थिए। यसपटक पनि ७ औ कार्यकालका लागि अध्यक्ष पदमा दहाल सर्बसम्मत चयन भएका छन।फागुन १९ गते ब्यवस्थापन समिति गठन गर्न भएकाे अभिभावकहरुकाे भेलाले आरती बैरागी,पवन राजवंशी, देबसरी ताजपुरिया र खिर राजवंशीलाई सर्वसम्मत सदस्य पदमा चयन गरेका थिए। अभिभावकहरुबाट चयन भएका ब्यबस्थापन समितिका सदस्यहरुले सूर्य प्रसाद दहाल र दिलमाया राजवंशीलाई मनाेनित भएका थिए। शिक्षक स्टाफकाे बैठकबाट शिक्षाक प्रतिनिधिमा ईन्द्र बहादुर कटुवाल सर्वसम्मत चयन भएका थिए।२०११ सालमा स्थापना भएकाे अरुणाेदय प्रा.बि.मा दहालले हाल सम्म सबै भन्दा बढी ब्यबस्थापन समितिकाे अध्यक्ष पदकाे जिम्मेवारी सम्हालेका छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १ : २१ बजे