१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

युवा नेता हुकुमसिंहको जन्मदिनमा आगलागी पीडितलाई नगद राहत


२२ फाल्गुन २०७६, बिहिबार  

0
Shares

received_138660947451302
दमक २२, फागुन /नेपाली कांग्रेस झापाका जिल्ला सदस्य एवम् युवा सामाजिक व्यक्तित्व झापा कमल– ५ का हुकुमसिंह राईले आफ्नो जन्मदिन आगलागी पीडितहरुलाई नगद सहयोग गरेर मनाउनु भएको छ ।
यस अघि कहिल्यै आफ्नो जन्मदिन औपचारिक रुपमा मनाउन रुची नराख्ने राईले यस पटक भने आफ्नै गाउँ लखनपुरको मंगलबारे बजारमा हिजो साँझ भएको आगलागीका पीडित परिवारलाई नगद राहत प्रदान गरेर मनाउनु भएको हो । उहाँले आज स्थानीयबासी र सञ्चारकर्मीहरुको उपस्थितीमा आगलागी पीडित चार परिवारलाई प्रति परिवार १० हजार रुपैयाँका दरले नगद राहत हस्तान्तरण गर्नुभयो ।
यस अघि स्थानीय तहको निर्वाचनमा कमल गाउँपालिकाको अध्यक्ष पदमा बराबरी मत पाएर चिठठाबाट बाहिरिनु भएका युवा नेता राईले केक काटेर जन्मदिन मनाउने संस्कार नेपाली संस्कार भित्र नपर्ने भन्दै विशेष दिनमा पीडित परिवारलाई सो सहयोग गर्नु उचित हुने आफ्नो ठहर रहेको बताउनु भयो । उहाँले पीडित परिवारलाई सहयोग गर्न सार्वजनिक अपिल पनि गर्नुभयो ।
राहत रकम हस्तान्तरण गर्दै उहाँले पीडित परिवारको तत्काल पुर्नस्थापनाका लागि सरकारले जिम्मा लिनुपर्ने पनि औंल्याउनु भयो । सो अवसरमा स्थानीय युवाहरुले यस किसिमको सहयोगले पीडित परिवारको पीडामा मल्हम पट्टी हुने भन्दै सहयोगको संस्कार विकासमा राईले चालेको कदमको प्रशंसा गरे । स्थानीय अगुवा युवा दिवाकर राईका अनुसार सो ठाउँमा हिजो साँझ भएको आगलागीका कारण स्थानीय कृष्णमाया लिम्बु, रुक्मनी ताजपुरीया, पार्वता राजवंशी र चुड्की मर्डीको परिवारले लाखौं मुल्य बराबरको क्षति ब्यहोर्नु परेको छ । लिम्बुको घरमा ताजपुरीया, राजवंशी र मर्डी परिवारले व्यवसाय सञ्चालन गर्दै आएका थिए । आगलागीपछि ति परिवारको हातमुख जोर्नै समस्या रहेको स्थानीयहरुले बताएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  ९ : २५ बजे