५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026

किसानलाई व्यवसायिक पशुपालन तालिम


१९ फाल्गुन २०७६, सोमबार  

0
Shares

20200302_182650

काेचिला संवाददाता
गाैरीगंज १९, फागुन / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछी साना किसानव कृषि संस्थाले ब्यवसायिक पशु पालन तालिम सम्पन्न गरेकाे छ । वडा नं. ६ कार्यालयकाे सभाहलमा सञ्चालन गरेकाे दुईदिने पशु पालन तालिममा गाई, भैंसी, बंगुर , बाख्राकाे ब्यवसायिकरणका लागि प्रशिक्षण दिएकाे थियाे । किसानहरूलाई पशुपालनका लागि आकर्षण गर्ने उदेश्यले संचालन गरिएकाे तालिममा संस्थाका ७५ जना सदस्यहरुकाे सहभागीता रहेकाे थियाे। साना किसान विकास लघुवित्त संस्था ईलाका कार्यालय विर्तामोडका प्रमुख याेगराज दाहाल, कमल गाउँपालिका पशुसेवा प्रमुख बद्री भट्टराई, गाैरीगंज पशु सेवा शाखाका घनेन्द्र भण्डारीले सहभागीहरूलाई दुधालु गाई भैसीकाे छनाैट र नश्ल सुधार विधि, गाई भैंसीकाे लागि गाेठ व्यवस्थापन, गर्भिनी वा बच्चा भएका गाई भैंसी एवम बाच्छा बाच्छीकाे व्यवस्थापन , गाई भैंसीमा लाग्ने मुख्य राेग, राेगकाे पहिचान, राेकथाम र उपचार विधि, घाँस व्यवस्थापन गर्ने विधिका बारेमा प्रशिक्षण दिएका थिए । साना किसान कृषि सहकारी संस्था खजुरगाछीकी अध्यक्ष डिक कुमारी अधिकारीकाे सभापतित्वमा सम्पन्न तालिममा वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादव प्रमुख अतिथि रहेका थिए । त्यस अवसरमा कार्यपालिका सदस्य राधा अधिकारी, संस्थाकाे बिमा समिति संयाेजक ठगीमाया काेईराला, संस्थाका कार्यालय प्रमुख ओमप्रकाश ताजपुरिया, संचालक समिति सदस्य नाेना चाैलागाईलगायले बाेलेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १२ : ४६ बजे