९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

छानवीन समितिकाे प्रतिवेदन सार्वजनिक, स्व. धनविर राजवंशीकाे पिडित परिवारलाई राहत दिने निष्कर्ष


१८ फाल्गुन २०७६, आइतबार  

0
Shares

received_195087415060933

गौरादह १८, फागुन /

पिडित परिवारलाई यथाशिघ्र राहत उपलब्ध गराउन र नगरपालिकामा भएकाे तोडफोडकाे पुनर्निर्माण कार्य नगरपालिकाले नै गर्नुपर्ने गठित छानवीन समितिले निष्कर्ष निकालेकाे छ ।

गाैरादह नगरपालिकाकाे कार्यपालिकाद्वारा गठित छानविन समितिले अाज पत्रकार सम्मेलन गरि गत असाेज १३ गते गाैरादह नगरपालिका वार्ड नं. ८ वैराती बस्ने धनविर राजवंशीकाे निधन भएकाे घटनाकाे छानवीन गरेर पेश गरिएकाे सुझावसहितकाे प्रतिवेन नगरकार्यपालिकालाई बुझाएकाे छ । तर प्रतिवेदनमा के कति रकम पिडित परिवारलाई राहत उपलब्ध गराउने हाे त्याे भने खुलाईएकाे छैन भने घुमाउराे तवरबाट नगरपालिकाले निर्णय गरेकाे आधारमा राहत उपलब्ध गराउन प्रतिवेदनमा भनेकाे छ । घटनाका विषयमा तत्कालिन समयमा नगरपालिकाका जनप्रतिनिधि, पिडित पक्षलगायत सर्वपक्षीय बैठकबाट पिडित परिवारलाई राहत स्वरूप ५ लाख रूपैयाँ दिने निर्णय गरेकाे थियाे ।
उत्त घटनामा संलग्न भएकाे ठहर गरि नगरपालिकाका जनप्रतिनिधिलगायत सर्वपक्षिय बैठकले ईन्जिनियर सचिन केसीलाई बर्खास्त गरेकाे निर्णयका सम्बन्धमा छानविन समितिकाे प्रतिवेदन माैन छ भने समग्ररूपमा घटित घटनामा नगरपालिका चुकेकाे हाे भनी सतही औल्याएकाे छ ।
गौरादह नगरपालिका वार्ड नं. ८ को बैराति बजारको घर टहरा निर्माणपछि रकम फरफराकको विषयमा धनविर राजवंशीको निधन हुनुमा नगर कार्यपालिका चुकेको छानविन समितिले ठहर गरेको छ । नगर कार्यपालिकाको बैठकबाट कार्यपालिका सदस्य सिताराम भट्टराईको संयोजकत्वमा नागरिक समाजका
तर्फबाट ४ जना सदस्य रहने गरि पुस २३ गते छानविन समिति गठन गरिएको थियो ।
गौरादह नगरपालिका वडा नं. ८ को बैराति बजारका घर टहराहरु निर्माण गर्न स्थानिय धनवीर राजवंशीको अध्यक्षतामा बनेको समितिले असार मसान्त अगाबै
निर्माण सम्पन्न गरि वार्ड कार्यालयमा फायल बुझाएपनि  नगरपालिका स्तरिय अनुगमन समितिले  भने  निर्माण कार्य  सम्पन्न नभएको प्रतिवेदन बुझाएको थियो । नगरपालिकाले सेवाग्राहीलाई  दिने सेवा चुस्तदुरुस्त नभएको, जनप्रतिनिधि र कर्मचारी प्रशासनबीच तालमेलकाे अभाव, प्राविधिक फाँटको कार्यशैलीप्रतिको  रबैयामा सुधार नआएको समितिले ठहर  गरेको छ । निर्माण कार्य सम्पन्न पछि सम्पुर्ण कागजातहरु नगरपालिकामा बुझाए पनि योजना फर्चाैटमा कर्मचारीले आलटाल गरि उपभोक्ता समितिलाई दुःख दिने प्रवृतिमा नगरपालिकामा सुधार नभएको,   धनविर राजवंशीको लास नगरपालिकामा राखेर विरोद प्रदर्शन गरिनु नगरपालिकाले समयमै घटनालाई सम्बाेधन गर्न नसक्नु, तत्कालिन प्रशासकिय अधिकृत सागर मिश्र नियमित कार्यालयमा उपस्थित नआउनु र जनताको काममा ढिलाई हुनु नगरपालिकाको कमजोरी भएको छानविन समितिले निष्कर्ष छ । असोज १४ गते नगरपालिकामा नगर प्रमुख, उपप्रमुख,
सुरक्षाक्रमी, बहुमत कार्यपालिका सदस्य तथा पिडित पक्ष समेतको सर्वपक्षिय बैठक बसी निर्णय गरिसकेको भनिए तापनि कार्यालयबाट निर्णय गरेकाे प्रमाणित प्रतिलिपि उपलब्ध नभएकाले छानविन समितिले पिडितको घर आँगन सम्म स्थलगत अध्ययन, पिडित र स्थानियबासीसँग छलफल, जनप्रतिनितिको धारणा, घटना भएको समयमा सामाजिक सञ्जालमा प्रसारित सामाग्री र अन्य कागजातहरुको आधारमा प्रतिवेदन तयार पारेको समितिका सदस्य डण्डीराज घिमिरेले जानकारी गराए ।
छानविन समितिले तोकिएको समय अवधिमा प्रतिवेदन तयार गरी नगरपालिकाका प्रबक्ता नगेन्द्र भण्डारीलाई बुझाएको छ । समितिका संयोजक सिताराम भट्टराईले नगर प्रबक्ता नगेन्द्र भण्डारीलाई प्रतिवेदन हस्तान्तरण गरेका छन् । प्रतिवेदन बुझ्दै प्रबक्ता भण्डारीले प्रतिवेदनलाई नगर कार्यपालिकाको बैठकमा पेस गरी छलफल गरिने र त्यसको आधारमा क्षतिपूर्ति दिने जानकारी गराए । पत्रकार सम्मेलमा गाैरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा र कार्यपालिका सदस्य जलवर्षा राजवंशी चाैधरीलगायतकाे उपस्थिति थियाे ।

मिति २०७६ /०६ / १४ गते मंगलबारका दिन प्रमुख रोहित कुमार साह ज्युकाे अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले निम्नअनुसारको सहमति तथा निर्णग गरेको थियो ।

१. न.पा. को सेवा प्रवाहमा सुशासन कायम गर्दै नगरपालिकाले मिति २०७६ असोज १२ को घटना सम्बन्धमा दुःख व्यक्त गर्नुका साथै क्षमायाचना गर्ने ।
२. स्व. विकास प्रेमी धनवीर राजवंशीप्रति सम्मान प्रकट गर्दै श्रद्वान्जली प्रकट गर्नुका साथै परिवारजनमा समवेदना प्रकट गर्ने ।
३. २०७६ असोज १२ गतेको न.पा. कर्यालयमा स्व. धनवीर राजवंशीप्रति गरिएको आपतिजनक व्यवहारबाट पिडा बोध भई जीवन समेत गुम्न गएको घटनासंग सम्बन्धित बिवादस्पद इन्जिनियर सचिन कुमार क्षेत्री मिति २०७६ /०६/१४ गतेबाट नगरपालिकाले सेवाबाट बर्खास्त गर्ने ।
४. स्व. धनविर राजवंशी परिवारलाई भरणपोषण( क्षतिपूर्ति) सदासहायता सम्मान स्वरुप रु. ५००००० अक्षरेपी रु. पाँच लाख रुपैयाँ उपलब्ध गराउने ।
५. स्व. धनवीर राजवंशीलाई सुशासन प्रेमी विकास प्रेमी सामाजिक अभियन्ताको सम्मान नगरपालिकाबाट प्रदान गर्ने ।
६. स्व. धनवीर राजवंशीको सम्मानमा नगरपालिकाको तर्फबाट सम्मान श्रद्वासुमन अर्पण गरी दाहसंस्कार अन्त्येष्ठीमा सरिक हुने ।

छानवीन समितिले बुझाएकाे प्रतिवेदनकाे पुर्ण पाठ

20200301_175359

20200301_175428

20200301_175447

20200301_175534

20200301_175605

20200301_175628

20200301_175701

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १ : ५५ बजे