गाैरीगंज गाउँपालिका वार्ड नंं. ३ मा रहेकाे मक्किएकाे गाैरीगंज माविकाे भवन
आत्माराम राजवंशी
गौरीगंज १८, फागुन /
‘बैंसमा स्याल पनि घाेर्ले हुन्छ’ उमेर छदाँ र समयकाे बलमा सबैले मान्ने गर्छन् तर समय वित्दै गएपछि उमेर पनि ढल्कन्छ । त्यस समयमा साथ दिने काेही हुदैनन् र सबैले छाेड्छन् । गाैरीगंज गाउँपालिकाका सामुदायिक विद्यालयका मक्किएका भवनहरूकाे अवस्था याे उखानले भनेकाे जस्तै जस्तै छ भने त्यसबाट उत्पन्न हुनसक्ने जाेखिम वर्षाैदेखि ज्युँका त्युँ छ ।
भुकम्पबाट मक्किएका भवनहरु विद्यालय हाताभित्र रहँदा विद्यार्थीहरूलाई कतिबेला भवन लडेर घाइते बनाउने हो त्यसको कुनै ठेगान छैन । भुकम्पका कारण भवन चर्किएर जीर्ण बनेपछि कक्षा सञ्चालन हुन सकेको छैन भने विद्यालय हाता भित्र जाेखिम माेलेर विद्यार्थीहरू अध्ययन गर्न बाध्य छन् ।
गौरीगंज गाउँपालिका भित्र रहेका अधिकांस सामुदायिक विद्यालयहरुमा धेरै अगाडि निर्माण भएका त्यस्ता मक्किएका भवनहरुले यस्ताे जाेखिम बढाएकाे हाे ।
अधिकांस विद्यालयका भवनहरू प्रयोगविहिन भएका छन् भने त्यस्ता भवनहरूले विद्यालयकाे वातावरण धुमिल्याएकाे मात्रै हाेईन विद्यालयकाे सुन्दरतासमेत हराईदिएकाे छ । नेपाल सरकारबाट धेरै अगाडि निर्माण भएका पुराना भवनहरु रेक्टोफिटिङ्ग गरेर प्रयोगमा ल्याउन सकिने भएपनि ती भवनहरुको पुनःनिर्माण नहुँदा प्रयोगमा आउन नसकेको हो ।
विद्यालयको हाताभित्र रहेका पुराना भवनहरुमा २०७२ सालमा भुकम्प आउनु अगाडि कक्षा सञ्चालन भएता पनि ती भवनहरूमा प्राय तत्कालिन समयमा बनेका ईट्टा, सिमेन्टकाे साटाे माटाे प्रयाेग र स्थानिय खाेलाकाे बालुवा प्रयाेग गरिएका छन् भने अहिले बनाउने घरका पिल्लरहरूमा प्रयाेग गरिने रड जस्ताे पिल्लर भने छैन ।
विद्यालयका भवनहरु इट्टा सिमेन्ट जडान गरी पक्की भवन बनाएपनि कक्षा सञ्चालन भईरहेका अधिकांश
विद्यालयका कोठाहरुमा धमिराले माटो उठाएर भवनलाई जोखिमपुर्ण बनाएको छ भने कक्षा काेठाहरूमा फाेहाेर छन् ।
गौरीगंज गाउँपालिका भित्रका अधिकांश सामुदायिक विद्यालयका पुराना भवनहरु मक्किएर काम नलाग्ने भएका छन् । गौरीगंज गाउँपालिका भित्रको पुरानो र नाम चलेको विद्यालय गौरीगंज मावि हो । वि.सं. २००८ सालमा स्थापना भएको विद्यालयमा अहिले कक्षा १२ सम्म पढाई हुन्छ । विद्यालयमा १ हजार भन्दा बढी विद्याथीहरु अध्ययनरत छन् । गौरीगंज माविको हाताभित्र रहेको दुई तल्ले २४ कोठाको भवन २०७२ सालको भुकम्पपछि जीर्ण बनेको छ । हाल उक्त भवन गाेदाममा परिणत छ भने एक काेठामा व्यायमशाला सञ्चालनमा छ ।
वि.सं. २०३८ सालमा सम्पन्न भएको विद्यालय भवन भुकम्पपछि इन्जिनियरले ‘रेड स्टिकर’ टाँसी कक्षा सञ्चालन नगर्न जानकारी गराएपछि विद्यार्थी अन्य भवनमा स्थानान्तरण गरिएको छ । विद्यार्थीहरुलाई स्थानान्तरण गरिएपनि सोही भवनमा कार्यालयका साथै विज्ञान ल्याब र पुस्तकालय सञ्चालन भईरहेको विद्यालयका प्रधानाध्यापक गोविन्द घिमिरेले जानकारी गराएँ ।
खजुरगाछी माविकाे मक्किएकाे ३ काेठे भवन
वि.सं २०२९ सालमा स्थापना भएको खजुरगाछी माविमा दुई वटा भवनका चार वटा कोठा प्रयोग
विहिन भएका छन् । २०३३ सालमा गोल्छा अर्गनाइजेसनले निर्माण गरेको भवन पनि भुकम्पपछि चर्किएर काम नलाग्ने भएको विद्यालयका प्रधानाध्यापक गेहेन्द्र विक्रम साह बताउँछन् । प्रअका अनुसार सो भवनलाई मर्मत या भत्काएर नयाँ भवन निर्माणका लागि गोल्छासंग आग्रह गरिएको जानकारी गराए ।
आर्दश मावि कोरोवारीमा ५ कोठाको एक भवन जीर्ण अवस्थामा रहेको छ । वि.सं. २०१७ सालमा स्थापना भएको सो विद्यालयमा इट्टा, सिमेन्ट जडान गरी बनाईएको भवन भुकम्पपछि चर्किएर काम नलाग्ने हुँदा भवन प्रयोगविहिन भएको छ । ६ सय ६० जना विद्यार्थीहरु अध्ययन गर्दै आएको सो विद्यालयमा रहेका पुराना भवन रेक्टोफिटिङ्ग गरेर प्रयोगमा ल्याउनको लागि गाउँपालिकामा अनुरोध गरिएको विद्यालयका प्रअ लक्ष्मण राजवंशी बताउँछन् । जनता वालविकास प्राविमा टिन छाना भएको ६ कोठाको एक भवन पनि जीर्ण बनेर प्रयोगविहिन भएको छ । २०२५ सालमा निर्माण भएको सो भवन प्रयोगमा ल्याउनका लागि मर्मत गर्ने आर्थिक स्राेत नहुँदा भवन प्रयोग विहिन भएको विद्यालयका प्रअ कुमार भण्डारी बताउँछन् ।
जनता बाल विकास प्रावि डाँगीटाेलामा रहेकाे प्रयाेगविहिन भवन
गाैरीगंज गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयका जिर्ण भवनहरूलाई रेक्टाेफिटिङ्ग गरेर प्रयाेगमा ल्याउन सकिनेलाई पुन निर्माण गरिने र नमिल्ने भवनलाई हटाउने गाउँपालिकाकाे साेच रहेकाे गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा बताउँछन् । त्यस्ता भवनहरूकाे लगत संकलन गरि नयाँ भवन निर्माण गर्न प्रदेश सभामा वजेटका लागि विवरण पठाउने उपाध्यक्ष थापाकाे भनाई थियाे । भवन जिर्ण भएका विद्यालयहरूकाे प्राथमिकताका आधारमा ८ काेठे भवन निर्माण गर्ने उनले बताए ।