४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

न्यायिक समितिद्वारा पदाधिकारीहरूलाई प्रशिक्षण


१५ फाल्गुन २०७६, बिहिबार  

0
Shares

20200227_185612
गाैरीगंज १५, फागुन / गाैरीगंज गाउँपालिका स्तरिय न्यायिक समितिले ७ दिने सामुदायिक मेलमिलाप आधारभुत प्रशिक्षण तालिम सञ्चालन गरेकाे छ।
स्थानिय स्तरमा परेका उजुरीहरूलाई मेलमिलापकाे आधारमा गरिने न्याय सम्पादनमा सहजता ल्याउन न्यायसमितिका सदस्यहरूलाई प्रशिक्षण दिएकाे हाे । गाैरीगंज गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा गाउँपालिका सबै वडाका न्यायिक उपसमितिका ४५ जना पदाधिकारीहरूकाे सहभागिता थियाे ।
नेपाल वार एशाेसिएसन झापाका पुर्व अध्यक्ष तथा अधिवक्ता अमृत बुढाथाेकी र अधिवक्ता देवी निराैलाले सहजिकरण गरिरहेका छन् ।
गाैरीगंज गाउँपालिकाकाे सभाहलमा सञ्चालन गरिएकाे तालिमकाे उद्घाटन कार्यक्रममा न्यायिक समितिका संयाेजक दिपिन्द्र थापाकाे अध्यक्षतामा कार्यक्रम सञ्चालन भएकाे थियाे ।न्यायिक समितिका सदस्य राजेन्द्र ताजपुरियाले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन न्यायिक समितिकी सदस्य हेमा आचार्यले गरेकी थिईन । तालिम फागुन १५ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  १ : १४ बजे