१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘घर भत्काएकाे दुई महिनामा पनि नयाँ घर निर्माण हुन सकेकाे छैन् , आश्वासन मात्र पाएका छाैं’ – पिडित भन्छन्


१३ फाल्गुन २०७६, मंगलबार  

0
Shares

20200225_183010

आत्माराम राजवंशी

गाैरादह १३, फागुन /
गाैरादह नगरपालिका वार्ड नं. ८ जुराेपानीका बजरा माझीले नयाँ घर बन्ने भएपछि गत पुस महिनामा आफ्नाे घर भत्काए । नयाँ घर बन्ने भएपछि ६१ वर्षिय उनी मात्र हाेईन उनीकी श्रीमतीसहित ७ जनाकाे परिवार दङ्ग थिए । ३ छाेरा र २ छाेरी सहित एकै घरमा बसेका उनकाे परिवार पुस महिनादेखि काेही छिमेकी घरमा बाँस बस्ने गरेका छन् भने काेही एक काेठे पुरानाे घर र भान्छा घरमा काेच्चिएर रात कटाउने गर्छन् । ‘जाडाे याममा कठ्याङ्गिएर रात कटाउन निकै गार्हाे भएकाे छ उनले भने – घर कहिले बनाइ दिने हाे थाहा छैन । ‘
वडा कार्यालयले घर निर्माण गरि दिने आश्वासन पाएपछि उनले घर भत्काएका हुन् । बेला बेलामा कार्यालयका कर्मचारीहरू र जनप्रतिनिधिहरूले घर निर्माण हुने विषयमा साेधपुछ त गर्छन् तर कहिले बन्छ भनेर उनीहरूलाई साेध्दा अब बनिहाल्छ नि भनेर जवाफ पाएकाे बजरा बताउँछन् ।
पुरानाे एक काेठे भएकाे साँघुरिएकाे घरमा बस्दै अाएका बजाराले छाेरा बुहारी सहित एकै घरमा बस्न बाध्य भएकाे बताए ।
१० धुर जग्गा मध्येमा नयाँ घर निर्माण हुने र बाकी भएकाे पुराेनाे एक काेठे भएकाे साँघुरिएकाे घरमा बस्दै आएकाे उनले बताए । जग्गाकाे नाममा १० धुर जग्गा मात्र भएकाे त्याे पनि ऐलानी जग्गा रहेकाे उनले बताए । दैनिक ज्यालादारीबाट घर परिवारकाे आवश्यकता टार्दै अाएका बजरा उनकाे घर मात्र हैन वडा नं. ८ का ३ घर परिवारकाे पनि अवस्था उस्तै छ ।
गाैरादह नगरपालिका वार्ड नं. ८ मा बजारा माझीसहित परमा नन्द ऋिषीदेव, तारादेवी दर्जी र जितु रिखियासनकाे घर पनि निर्माण हुन सकेकाे छैन । उनीहरूले पनि घर निर्माण गरिदिने भनी वडा कार्यालयबाट आश्वासन पाएपछि पुरानाे घर भत्काएर अस्थायीरूपमा झाेपडी बनाई पुस महिना देखि बस्दै अाएका छन् ।
उनीहरूले पुस महिनामा घर भत्काए पनि नयाँ घर निर्माणकाे कार्य अहिलेसम्म शुरू भएकाे छैन ।
वडा कार्यालयमा पटक पटक बुझ्न जादा घर तुरुन्तै निर्माण हुने वडा कार्यालयले बताएपनि हालसम्म निर्माण शुरू नहुँदा घर निर्माणका लागि झारिएकाे गिट्टी र बालुवा हेरेर चित्त बुझाउनु परेकाे उनीहरू बताउँछन् ।
गाैरादह नगरपालिका सबै वडाहरूमा गरिब तथा विपन्न परिवारहरूलाई घर निर्माणका लागि प्रदेश तथा संघिय सरकारबाट वजेट विनियाेजन भई निर्माण कार्य थालनि भएपनि एका एक निर्माण कार्य राेकिएपछि विपन्न परिवार अलपत्र परेका हुन् ।
वडा कार्यालयहरूले विपन्न परिवारलाई घर निर्माण गरिने आश्वासन दिदै घर अगाडि गिट्टी, बालुवा तथा घर निर्माण सामाग्री गत पुस महिनामै झारे पछि
घर निर्माण हुने आशामा उनीहरूले आफ्नाे भएकाे घर भत्काएका थिए । घर भत्काएपछि नत नयाँ घर बन्याे नत पुरानाे घरमा उनीहरू बस्न पाए ।
गाैरादह नगरपालिकाका वार्ड नं. ६ मा १ घर, वार्ड नं. ७ मा ३ घर , वडा नं. ८ मा ४ घर निर्माणकाे प्रक्रिया अघि बढाईएकाे थियाे । तर नगरपालिकासंग भने हालसम्मल सम्झाैता नभएकाे पाईएकाे छ । घर निर्माणका लागि सहरी विकासकाे जनता आवास कार्यक्रम अन्तर्गत प्रति घर परिवार ३ लाख ५० हजार रूपैयाँ विनियाेजित भएकाे सहरी विकासका ओभरसियर जीवन तामाङले बताए । उनका अनुसार भरण्डासहितकाे २ काेठे टिन छानाे लगाएर घर निर्माण गरिने जनाएका छन् ।
गाैरादह नगरपालिका भित्र सहरी विकासले ३३ वटा विपन्न परिवारका घरहरू निर्माण गर्ने जनाएपनि हाल सम्म नरपालिकासंग सम्झाैता नभएका कारण घर निर्माणमा ढिलाई भएकाे ओेभर सियर जीवन तामाङ्ग बताउँछन् । नगरपालिकासंग सम्झाैता भएकाे ३ महिना भित्रमा घर निर्माण कार्य सम्पन्न गरिने ओभरसियर तामाङ्गले बताए ।
सहरी विकासले बरण्डासहित २ काेठाकाे घरकाे चाैडाई १२ फिट र लम्बाई २२ फिटकाे रहने जनाईएकाे छ ।
गाैरादह नगरपालिका वार्ड नं. ८ का वडा अध्यक्ष भुमिराज पाेख्रेलले वडा नं. ८ भित्र निर्माण गरिने ४ वटा घरकाे सम्पुर्ण कागजात बुझाईसकिएकाे भए पनि अन्य वडाहरूले नबुझाएका कारण निर्माण कार्यमा ढिला सुस्ति भएकाे बताए । सहरी विकाससंग समन्वय भईरहेकाेले केही दिन भित्रमा निर्माण कार्य शुरू गरिने जानकारी गराए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १२ : ५१ बजे