५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

चाेरी भएकाे माेटरसाईकलसहित दुईजनालाई नियन्त्रणमा


१३ फाल्गुन २०७६, मंगलबार  

0
Shares

20200225_115635
गाैरीगंज १३,फागुन / ईलाका प्रहरी कार्यालय गाैरीगंजले चाेरी भएकाे एक भारतीय माेटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ देवीगंज बस्ने वर्ष २७ काे शरद कुमार माक्रा र गाैरादह नगरपालिका वार्ड नं. ७ गुवालडुब्बा बस्ने कालचन माक्रालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ देवीगंज बस्ने उपेन्द्र यादवकाे बीअार ३८ के ८१३५ नम्बरकाे भारतीय माेटरसाइकल घरकाे भरण्डामा राखिरहेकाे अवस्थामा राती चाेरी भएकाे इलाका प्रहरी कार्यालय गाैरीगंज प्रहरी निरीक्षक गणेश भट्टराईले बताए । चाेरी भएकाे माेटरसाईकललाई गाैरादह नगरपालिका वार्ड नं. ७ गुवालडुब्बा बस्ने कालचन माक्राले आफ्नाे घरमा त्रिपालले छापेर राखेकाे अवस्थामा छानबीन गर्दा प्रहरीले आज विहान ८.३० बजे फेला परेकाे प्रहरी निरीक्षक भट्टराईले जानकारी गराएका छन् । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ६ : १४ बजे