२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

गाैरीगंज गाउँपालिकामा गाउँसभा फेरि गुपचुप


११ फाल्गुन २०७६, आइतबार  

0
Shares

20200223_193820

गाैरीगंज ११, फागुन /

गाैरीगंज गाउँपालिकाकाे पाचौं गाउँसभा आम नागरिक तथा संचारकर्मीलाई थाहै नदिई गाउँसभा सकिएकाे छ । गाउँसभा सार्वजनिक सराेकारकाे विषय भएकाे र त्यसकाे जानकारी आम नागरिकले पाउनुपर्ने भएपनि त्यसलाई लत्याएर गुपचुपमा गाउँसभा गर्नुले जनप्रतिनिधि आमनागरिकप्रति जिम्मेवार र पार्दर्शि नभएकाे बुझिन्छ ।
प्रत्येक नागरिकहरूले पाउने सुचनाकाे हकलाई कुण्ठित हुनेगरी गरिएकाे गाउँ सभा गर्नुले संविधानले ग्यारेन्टी गरेकाे सुचना हकबाट आम नागरिक वञ्चित हुने स्पष्ट छ । गाउँपालिकाले आम नागरिक, बुद्धिजीवी र पार्टी प्रतिनिधिहरूलाई गाउँसभामा नबाेलाएकाे तेस्राे गाउँसभाबाट हाे भने संचारकर्मीलाई भने पाँचौ गाउँसभादेखि नबाेलाएकाे हाे ।
उद्घाटन सत्रमा आम नागरिक, बुद्धिजीवी, पार्टी प्रतिनिधि र संचारकर्मीलाई राखेर कार्यक्रम सञ्चालन गर्ने अन्य नगर तथा गाउँपालिमा अभ्यास र प्रचलन रहेकाे छ । छिमेकी रतुवामाई नगरपालिका र गाैरादह नगरपालिकाले समेत उद्घाटन सत्रमा पार्टी प्रतिनिधि , आम नागरिक, बुद्धिजीवी र संचारकर्मीलाई बाेलाएर नगरसभा गरेकाे थियाे । तर गाैरीगंज गाउँपालिमा यस अघि संचारक्रर्मीलाई मात्र बाेलाएर उद्घाटन सत्र सञ्चालन गरेपनि पाँचौ गाउँसभामा भने उनीहरूलाईसमेत बाेलाईएन ।
गाउँसभा भनेकाे गाउँपालिमा हुने गरेका विकास निर्माण, विभिन्न निर्णय, वजेट विनियाेजनदेखि लिएर कर्मचारी व्यवस्थापनलगायत गाउँपालिका सञ्चालनका लागि अावश्य निति, नियम र त्यसकाे लेखाजाेखा तथा अध्यावधिक गर्ने सभा हाे । त्यसकाे जानकारी सबैले थाहा पाउनु पर्ने उनीहरूकाेे अधिकार भएकाे आम बुझाई हाे । तर त्यसलाई लत्याएर गुपचुपमा गाउँसभा सञ्चालन गर्नुले गाउँपालिका आम नागरिक प्रति जिम्मेवार र पार्दर्शि नभएकाे स्पष्ट हुन्छ ।
नेकपाका गाैरीगंज गाउँ किमिट अध्यक्ष विद्यानन्द राजवंशीले जनताकाे श्रमबाट संकलित रकमबाट विनियाेजित रकमकाे जानकारी अाम नागरिकले पाउने उनीहरूकाे अधिकार भएकाे बताए । तर त्यसलाई लत्याएर गाउँपालिकाका जनप्रतिनिधिहरूले राजा महाराजाहरूकाे जस्ताे प्रवृति देखाएर अाम नागरिक, बुद्धिजीवी र संचारकर्मीलाई समेत थाहा नदिएर सभा गर्नुले गाउँपालिकावासीलाई घुम्राहमा राख्न खाेजेकाे धारणा राखे । गाउँपालिकाकाे समृद्धि र विकासमा अन्य बुद्धिजीवी, पार्टी प्रतिनिधि र संचारकर्मीकाे उतिकै भुमिका हुने हुनाले गाउँपालिकाले सच्चिएर जानू पर्ने अध्यक्ष राजवंशीले सुझाव दिए ।
नेपाली कांग्रेस गाैरीगंजका सभापति राजेन्द्र कार्कीले गाउँसभामा अाम नागरिक , पार्टी प्रतिनिध र संचारकर्मीलाई नबाेलाएर गाउँसभा गर्नुले जनप्रतिनिधिहरूमा प्रार्दर्शिता नभएकाे बताए । अाम नागरिक , पार्टी प्रतिनिधि र बुद्धिजीवीहरूलाई बाेलाएर आवश्यक नीति तथा कार्यक्रमहरू तय गर्नु पर्ने सभापति कार्कीकाे भनाई थियाे ।

गाउँसभा उद्वघाटन

गौरीगंज गाउँपालिकाको ५ औं साधारणसभा सञ्चालन भएको छ। गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले विधिवतरुपमा गाउँसभाको उद्घाटन गरेका छन् । गाउँपालिकाको सभाहलमा सञ्चालन भएको पाँचौ गाउँसभाले अधुरा तथा अपुरा योजनाहरुलाई अल्या रकमबाट वजेट विनियोजन गरी कार्य सम्पन्न गर्ने लक्ष्य रहेको निर्णय हुने जनाइएको छ ।
गाउँसभाले अल्या रकम ४ करोड २७ लाख रुपैयाँ मध्ये  गाउँपालिकाभित्रको अघिल्ला २२ वटा योजनामा १ करोड ५६ लाख ४१ ह्जार वजेट थप गरीयोजना सञ्चालन गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रविण दाहालले जानकारी गराए

पाँचौ गाउँसभाबाट पूँजीगत खर्चतर्फ २७ लाख १२ हजार २ सय ४१ रुपैयाँ नयाँ योजनासहित रकम थप गर्ने र चालुतर्फ ३९ लाख ७० हजार रुपैयाँ थप गरिने जनाइएको छ । त्यसैगरी  गाउँपालिकाको ६ वटै वडा भित्र ३६ वटा  नयाँ योजनाहरु थप गरिएको छ । योजना सम्पन्न गर्न सडक, मठमन्दिर, तटबन्धन, कल्भर्ट, नागरिक आवास, कार्यालय घेराबेरा, कालोपत्रे निर्माण, खानेपानी, विजुली, युवा लक्षित कार्यक्रम, विमा तथा नविकरण लगायतका योजनाहरुमा  २ करोड ७५लाख ६० हजार रुपैयाँ रकम थप गरिएको जनाइएको छ ।
गाउँसभाको वन्दसत्रमा  चालु आर्थिक वर्षको समय अवधि ४ महिना मात्र बाँकी रहदा ५ औं गाउँसभा सञ्चालन भएको छ ।

उदिम कुमार राई, वडा नं. ६ सदस्य
गाउँसभामा विशेष समय लिएर वडा नं. ६ का वडा सदस्य उदिम कुमार राईले ठेक्का टेण्डर लागेका सडकहरु अधुरो अवस्थामा रहेकाले गाउँपालिकाको अनुगमन समितिले निगरानी नगरेको आरोप लगाए । गाउँपालिकाको योजनाहरुमा वडा सदस्यहरुलाई कुनै प्रकारको भुमिका नदिएको गुनासो व्यक्त गरे ।

अग्नुप्रसाद राजवंशी, वडा नं. २ अध्यक्ष

वडा नं. २ का वडा अध्यक्ष अग्नुप्रसाद राजवंशीले भौतिक संरचना निर्माणमा इन्जिनियरलाई बोलाउँदा समयमा उपस्थित नहुनुका साथै गाउँपालिकाले आय स्रोत अनुमान स्पष्ट नपारेको धारणा राखे ।

कार्तिकलाल राजवंशी, वडा नं. १ अध्यक्ष

गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले ठेकेदारले तोकिएको रकम भन्दा कम मुल्यमा ठेक्का लिएर गुणस्तरिय काम नगरी झारो टार्ने काम गर्दा वडा नं. १ को ३५ लाख रुपैयाँमा निर्माण भएको कालोपत्रे सडक ४ महिना मै फुटेको गुनासो गर्दै जनप्रतिनिधिहरुलाई हली गोठालोको थान्कोमा पुर्याएको गुनासो गरे । वडा नं. १ र २ लाई अलग अलग  छुट्टाएको वजेटलाई  गाउँपालिकाको इन्जिनियरले  एउटै इस्टिमेट बनाएर  जम्मा १६ लाखमा बनाएको कल्भर्ट भत्किएको अध्यक्ष राजवंशी बताए ।

राजेन्द्र ताजपुरिया, वडा नं. ५ सदस्य
वडा नं. ५ का वडा सदस्य राजेन्द्र ताजपुरियाले गाउँपालिका भित्र वितरण गरिएका मोटर र सोलर सबै विग्रिएर काम नलाग्ने हुदा समेत अनुगमन समिति मुकदर्शक बनेको धारणा राखे ।

अरूण राजवंशी, वडा नं. २ सदस्य
वडा नं. २ का वडा सदस्य अरुण राजवंशीले गाउँपालिकाका इन्जिनियर सविन क्षेत्रीको कार्यप्रति असन्तुष्टि आइरहेकाले प्रक्रिया पुर्याई वर्खास्त गनुृ पर्ने माग राखे ।

जानुका गाैतम, वडा नं. १ सदस्य
वडा नं. १ कि वडा सदस्य जानुका गौतमले जनता आवास कार्यक्रम अन्तर्गत वडाबाट ६०  विपन्न घर  परिवारको लगत संकलन गरी वडाबाट सिफारिस भएकोमा गाउँपालिकाबाट आधा कटौती गरिएकोमा सबैले पाउनु पर्ने अडान राख्दै नाम कटौती गरिएकामा आपत्ति व्यक्त गरिन ।


अधिबक्ता रमेशप्रसाद काेईराला

सरकार भनेकाे जनतासंग प्रत्यक्ष सराेकार रहने र जनताद्वारा निर्वाचित भएकाे हुदाँँ नैतिकवान र जिम्मेवार सरकारले जतिसक्दाे धेरै भन्दा धेरै जनताकाे सहभागितामा गाउँसभा गर्नुपर्ने अधिबक्ता रमेश प्रसाद काेईरालाले बताए । सबैले अपनत्व महसुस हुने गरि सबै बुद्धिजीवी, लब्धप्रतिष्ठित व्यक्ति, नागरिक समाज र संचारकर्मीलाई बाेलाई गाउँसभा गर्नुले अझ सरकार प्रार्दर्शि र जिम्मेवार भएकाे ठहरिने अधिबक्ता काेईरालाकाे भनाई छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  २ : ०२ बजे