३ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025

संचारमन्त्री बाँसकाेटाकाे बर्खास्तीकाे चाैतर्फी माग


८ फाल्गुन २०७६, बिहिबार  

0
Shares

20200220_113300

दमक/ ७० करोड कमिसन मागेको अडियो रेकर्ड बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई बर्खास्त गर्न चौतर्फी माग उठेको छ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा पहिलेदेखि नै अनियमितता भएको विषय बाहिर आइरहे पनि सञ्चारमन्त्री बाँस्कोटाको ७० करोड कमिसन सेटिङ अडियो टेपले त्यसलाई प्रमाणित गरेको भन्दै तत्काल उनलाई बर्खास्त गर्न माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी ओलीसंग माग गरे ।
सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारी संगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यस अघिनै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।
७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो हाम्रा कुरा डटकम मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ, कांग्रेसले जारि गरेको बिज्ञप्तिमा भनिएको छ ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर एकका महासचिव विवेक गौतमले आफ्नो फेसबुक वालमार्फत धारणा सार्वजनिक गर्दै तत्काल मन्त्री बाँस्कोटाले राजीनामा दिएर अनुसन्धानमा सघाउनु पर्ने आशय व्यक्त गरेका छन् ।

नेकपा दमक नगर कमिटीका सचिव तिर्थराज बस्नेतले पनि आफ्नो फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाको राजीनामा माग गरेका छन् ।
के हो कमिसनको कुरो ?
काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीसँग सुरुमा कुरा भएपनि उसलाई नदिएर जर्मन कम्पनीलाई ठेक्का दिन लागिएपछि स्वीस कम्पनीका नेपाल एजेण्टले बास्कोटासँग भएको घुस प्रकरणको अडियो क्लिप बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिएका हुन् ।
त्यही अडियो क्लिप यतिबेला सञ्चारमाध्यममा भाइरल बनिरहेको छ ।

20200220_113500
स्वीस कम्पनीका नेपाल एजेण्ट प्रकाश शर्मा भनिने विजय प्रकाश मिश्रले बास्कोटासँग भएको कुराकानीको अडियो क्लिप करिब डेढ महिना पहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका थिए ।
जब स्वीस कम्पनीसँग सम्झौता नगरी जर्मन कम्पनीसँग सम्झौता गर्न खोजियो, त्यसपछि मिश्रले उक्त अडियो प्रधानमन्त्रीलाई दिँदै जर्मन कम्पनीसँग कुल बजेटको १२ प्रतिशत कमिशन लिएर सम्झौता गर्न लागिएको भन्दै प्रधानमन्त्रीलाई उक्त अडियो क्लिप पठाइदिएका थिए ।
तत्कालीन समयमा प्रधानमन्त्री ओलीले ‘हाम्रो नै पैसा लगेर हामीलाई नै घुस दिने ? यो हुनै सक्दैन,’ भन्दै जर्मन कम्पनीलाई पनि ठेक्का नदिने बताएका थिए । तर बिहिबार (आज )लेखा समितिले जर्मन कम्पनीलाई नै ठेक्का दिन लागेपछि मिश्रको समूहले उक्त अडियो टेप सार्वजनिक गराएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ५ : ५४ बजे