५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

कमल गाउँपालिकाकाे केन्द्र परिवर्तन गर्न गाउँपालिकावासीकाेे माग


५ फाल्गुन २०७६, सोमबार  

0
Shares

20200217_174032
दमक/झापाको कमल गाउँपालिकाको केन्द्र पूर्व पश्चिम लोकमार्ग आसपास गाउँपालिकाबासी सबैलाई सहज हुने स्थानमा स्थानान्तरण गर्न गाउँपालिकाबासीहरुको एक समुहले माग गरेको छ ।

साविकको लखनपुर र तोपगाछी गाविस समायोजन गरी बनाइएको कमल गाउँपालिकाको केन्द्र हाल क्याम्पा बजार नजिकै साविकको तोपगाछी गाविस कार्यालय रहेको स्थानमा छ ।
गाउँपालिकाबासीहरुको एक समुहले आज गाउँपालिका अध्यक्ष मेनुका काफ्लेलाई ज्ञापन पत्र बुझाउँदै स्थानीय तहमा जनप्रतिनिधि चुनिनु अघि तत्कालिन अवस्थामा दलहरुबीच पूर्वपश्चिम लोकमार्ग नजिकै सबैलाई पायक पर्ने स्थानमा केन्द्र राख्ने बिषयमा भएको सहमतिको पनि स्मरण गराइएको छ । साविक लखनपुर र सीतापुरी आसपासका सर्वसाधारणहरुको समुहले सामुहिक हस्ताक्षर गरि प्रतिनिधिमुलक सहभागितामा आज बुझाइएको ज्ञापन पत्रमा कमल गाउँपालिका वडा नं ३, ४ , ५, ६ र ७ का समेत करिब दुई सय पचास जनाले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ११ : ५८ बजे