१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नगरपालिका आफैले निर्णय गरेकाे राहत, स्व. धनविर राजवंशीकाे पिडित परिवारलाई दिएकाे छैन्


२७ माघ २०७६, सोमबार  

0
Shares

20200210_183634स्व.धनविर राजवंशीकी श्रीमती पार्वती राजवंशी

आत्माराम राजवंशी
गौरादह २७, माघ / असाेज १२ गते दिनकाे करिब २ बजे । उपभोक्ता समितिकाे रकम निकासाका लागि धनविर राजवंशी गाैरादह नगरपालिका पुग्छन् । हुन त उनी साेही उपभोक्ता समितिकाे रकम निकासाका लागि यस अघि कैयौंपटक नगरपालिका पुगेका थिए । गाैरादह नगरपालिका वार्ड नं. ८ भुडिसिमल वस्ने वर्ष ५८ का राजवंशीले त्याे दिन नगरपालिका पुगेकाे अन्तिम दिन हाे भनेर साेचेका थिएनन् । रकम निकाशाका लागि उनले लगेकाे फाईलमा कागजात नै नपुगेकाे भनेर कमर्चारीले भनेपछि एक्कासी नगरपालिकाकै मुल गेटमै बेहाेस भएर ढले । केही घण्टा पश्चात् उनकाे मृत्यु भयाे ।

गौरादह नगरपालिका वडा नं -८ काे बैराती बजारमा टहरा निर्माणका लागि धनबिर उपभोक्ता समितिका अध्यक्ष थिए । नगरपालिकाकाे ३ लाख रुपैयाँको लागतमा बजारमा टहरा निर्माण भईसकेपछि वार्डकाे सिफारिस सहित अन्य कागजातकाे फाईल लिएर ३ लाख रूपैयाँ निकासाका लागि नगरपालिका पुगेका थिए ।
पिडितकाे पक्षमा उनका नातेदार र स्थानियहरूले विराेध प्रदर्शनका क्रममा कार्यालयकाे झ्यालकाे सिसा, साईन बाेर्ड ताेडफाेड गरेका थिए भने साेहिदिन राती ९ बजे नगरपालिकाले ३ लाख रूपैयाँ दिने भनी एकतर्फी निर्णय गर्दा नमानेर उनका नातेदार र स्थानियहरूले रातभर मृतक धनविरकाे लासलाई नगरपालिकाकाे गेट अगाडि नै राखेर प्रदर्शनमा उत्रेका थिए ।
उनकाे मृत्यु पश्चात् गाैरादह नगरपालिकाले क्षमायाचनासहित मृतक धनवीर राजवंशीकाे परिवारलाई भरणपोषणका लागि राहत स्वरूप ५ लाख रूपैयाँ र ईन्जिनियर सचिन क्षेत्रीलाई बर्खास्त गर्ने निर्णय गरेपछि नगरपालिका र स्थानियबीच भएकाे तनाव साम्य भएकाे थियाे ।

मिति २०७६ /०६ / १४ गते मंगलबारका दिन प्रमुख रोहित कुमार साह ज्युकाे अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले निम्नअनुसारको सहमति तथा निर्णग गरेको थियो ।

१. न.पा. को सेवा प्रवाहमा सुशासन कायम गर्दै नगरपालिकाले मिति २०७६ असोज १२ को घटना सम्बन्धमा दुःख व्यक्त  गर्नुका साथै क्षमायाचना गर्ने ।
२.  स्व. विकास प्रेमी धनवीर राजवंशीप्रति सम्मान प्रकट गर्दै श्रद्वान्जली प्रकट गर्नुका साथै परिवारजनमा समवेदना प्रकट गर्ने ।
३. २०७६ असोज १२ गतेको न.पा. कर्यालयमा स्व. धनवीर राजवंशीप्रति गरिएको आपतिजनक व्यवहारबाट पिडा बोध भई जीवन समेत गुम्न गएको घटनासंग सम्बन्धित बिवादस्पद  इन्जिनियर सचिन कुमार क्षेत्री मिति २०७६ /०६/१४ गतेबाट नगरपालिकाले सेवाबाट बर्खास्त गर्ने ।
४. स्व. धनविर राजवंशी परिवारलाई भरणपोषण( क्षतिपूर्ति) सदासहायता सम्मान स्वरुप रु. ५००००० अक्षरेपी रु. पाँच लाख रुपैयाँ उपलब्ध गराउने ।
५. स्व. धनवीर राजवंशीलाई सुशासन प्रेमी  विकास प्रेमी सामाजिक अभियन्ताको सम्मान  नगरपालिकाबाट प्रदान गर्ने ।
६. स्व. धनवीर राजवंशीको सम्मानमा  नगरपालिकाको तर्फबाट सम्मान श्रद्वासुमन अर्पण गरी दाहसंस्कार अन्त्येष्ठीमा सरिक हुने ।

नगरपालिकाले निर्णय गरेकाे प्रतिलिपिहरू

received_750194665505367
received_911701992577039

received_182438199673613

 

नगरपालिकाकाे सर्वपक्षिय बैठकले निर्णय गरेकाे करिब साढे ४ महिना वितिसक्दा पनि स्व. धनविर राजवंशीकाे पिडित परिवारले नगरपालिकाले कबुल गरेकाे राहतस्वरूप रू ५ लाख पाएका छैनन् । याे अवधिमा कैयाै पटक नगरपालिकाकाे कार्यपालिका बैठक पनि बसिसकेकाे हाे । तर, उनले आफैले गरेकाे निर्णय कार्यान्वय गर्न सकेकाे छैन भने इन्जिनियर सचिन क्षेत्री भने कार्यालयमा हाजिर गरिरहेका छन् ।

नगरपालिकाले बिकासकाे नाममा टहरा निर्माणकाे लागि उपभोक्ता समितिकाे अध्यक्ष बनाएर काम सकेर रकम नदिएर आफ्नो श्रीमानलाई मर्न बाध्य बनाएकाे उनकी श्रीमती पार्वती राजवंशीले बताईन् । उनले भनिन् – ‘नगरपालिकाले दिने राहत अाज भाेली भन्दै मलाई टार्दै गएकाे छ । न्याय कहिले मिल्ला कुनै छाँटकाट छैन । ‘ नगरपालिकाले घाेषणा गरेकाे क्षतिपूर्ति बापतकाे रकम पटकपटक माग गर्दा समेत नपाएको बुहारी शुभसरी राजवंशीले दुखेसाे पाेखिन्।उनले काजक्रिया खर्च बापत नगरपालिकाबाट ५० हजार मात्र पाएकाे बताईन्।
नगर कार्यपालिकाकाे बैठकले घटनाकाे छानविन गरि पिडितलाई राहत दिन ५ सदस्यीय छानविन समिति गठन गरेकाे छ ।
कार्यपालिकाकाे बैठकले सीताराम भट्टराईकाे संयाेजकत्वमा ५ सदस्यीय छानवीन समिति गठन गरेकाे हाे । समितिकाे सदस्यहरूमा अनिल कृष्ण प्रसाईं, ढण्डीराज घिमिरे, बद्री कार्की र यादव अधिकारी छन् ।
कार्यपालिकाले १५ दिन भित्र छानविन गरि प्रतिवेदन पेश गर्न भनेकाे थियाे । समय अपुग भएपछि पुन ७ दिन थप गरि माघ मसान्त सम्म समितिकाे समय सीमा ताेकेकाे छ ।

नगरपालिका आफैले गरेकाे निर्णयलाई लत्याउदै पिडितलाई राहात स्वरूप क्षतिपूर्ति दिनुपर्नेमा नगरपालिका भने छानबिन समिति गठन गरेर थप अनुसन्धान गर्नुले क्षतिपूर्ति दिने समयलाई लम्ब्याउनु र तत्कालिन समयकाे आन्दोलनलाई मथर पार्न मात्र क्षतिपूर्ति बापतकाे रकम दिने घाेषणा गरेकाे कतिपयकाे ठम्याई छ ।
नगर कार्यपालिकाकाे बैठककाे निर्णयले पारित गरे बमेाजिम गठन भएकाे छानबिन समितिले प्रतिबेदन बुझाएपछि त्यसकाे आधारमा कार्यालयकाे फुटेका झ्याल र भवन बनाउनुका साथै स्व. धनविर राजवंशीकाे परिवारलाई क्षतिपूर्ति दिने गौरादह नगरपालिकाका प्रमुख राेहित कुमार शाह बताउँछन् ।छानबिन समितिले घटनाको बिषयमा सुक्ष्म अध्ययन गरिरहेकाे समितिका संयाेजक सीताराम भट्टराई बताउँछन्।भट्टराईका अनुसार समितिले अहिलेसम्म पिडित परिवारकाे घरआँगनमा पुगि घटनाको बारेमा छलफल गरेकाे,जनप्रतिनिधिसंग राय सल्लाह सुझाव लिएर प्रतिबेदन तयार पार्ने क्रममा रहेकाले यहि माघ मसान्तसम्ममा नगरपालिकालाई प्रतिबेदन बुझाउने बताए ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १ : ०५ बजे