१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ढुक्कले हात्तीपाईले विरूद्वकाे औषधी खानुहाेस् ! गाैरादहमा याेजनासहित तयारी


२४ माघ २०७६, शुक्रबार  

0
Shares

20200207_180129

गाैरादह २४, माघ / हात्तीपाईले रोग निवारण अभियान अन्तर्गत भाेली देखि शुरू गरिने हात्तीपाईले राेग विरूद्वकाे आम औषधी खुवाइने कार्यक्रम गाैरादह नगरपालिकाकाे नगर स्वास्थ्य शाखाले याेजनासहित तयारी गरेकाे छ ।
नगर स्वास्थ्य शाखाले गाैरादह नगरपालिकाकाे करिब ६९ हजार जनसंख्या मध्ये ५० हजार जनसंख्यालाई लक्षित गरि प्रत्येक वडामा औषधि खुवाईने केन्द्रकाे नामावली,स्थान, समय , त्यहाँ खटिने स्वास्थ्यकर्मीकाे नाम र औषधीकाे उचित व्यवस्थापनसहित तयारी गरेकाे हाे ।
गाैरादह नगरपालिका वार्ड नं. १ काे सभाहलमा शुक्रबार पत्रकार सम्मेलन गरि नगर स्वास्थ्य शाखाले हात्तीपाईले राेग निवारण कार्यक्रमकाे तयारीबारे जानकारी दिएकाे हाे ।
गाैरादह नगरपालिकाकाे वार्ड नं. १ देखि ९ सम्म प्रत्येक वडामा पुगि हात्तीपाईले राेगबारे सचेतना कार्यक्रम गरि त्यसका बारेमा आम नागरिकलाई जानकारी गराईसकिएकाे नगर स्वास्थ्य सह संयाेजक गाेविन्द श्रेष्ठले बताए ।
कार्यक्रमकाे सहजिकरण गरेका श्रेष्ठले जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अनुसार गत वर्ष जिल्लाभर ७२ प्रतिशत र गाैरादह नगरपालिकामा ४२ प्रतिशत व्यक्तिले हात्तीपाईले राेग विरूद्वकाे औषधि सेवन गरेकाे बताएका थिए ।

कार्यक्रमका सहजकर्ता श्रेष्ठले हात्तीपाईले राेगकाे किटाणु भएकाे व्यक्तिले औषधि खाएपछि टाउकाे दुख्ने, रिङ्गाटा लाग्ने, पुरूषकाे अण्डकाेष सुनिने, महिलाकाे स्तन सुनिने जस्ता असर देखा पर्ने बताएका थिए ।
सुत्केरी, गर्भवती महिला, २ वर्ष मुनिका बालबालिका, ७० वर्ष माथिका व्यक्ति र दिर्घ राेगीलाई याे औषधी खुवाउन नहुने उनले जानकारी गराएका थिए । ६ पटकसम्म औषधी सेवन गरे याे राेगबाट सुरक्षित हुने उनले बताए ।
सन् २००३ देखि पर्सा जिल्ला देखि हात्तीपाईले राेग विरूद्व अभियान शुरू भएकाे हाे । झापामा नाैं पटक औषधी खुवाईदैछ । याे अभियान सफल बनाउन सरकारले गाैरादह नगरपालिकालाई ६ लाख रूपैयाँ बजेट विनियाेजन गरेकाे छ । नगरमा रहेका स्वयंसेविकाहरूलाई प्रचारात्मक कार्यमा खटाईने र करिब ४० जना स्वास्थ्यकर्मीलाई औषधि खुवाईने कार्यमा खटाईने नगर स्वास्थ्य संयाेजक प्रर्शुराम भट्टराईले बताए ।
सबैभन्दा पुरानाे राेग कुष्टराेगसंगै हात्ती पाइले राेग देखा परेकाे हाे । नेपाल भरिमा १३ वटा जिल्लामा याे अभियान शुरू भएकाे छ ।
20200207_180118
गाैरादह नगरपालिकाका प्रमुख राेहित कुमार साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नगर प्रमुख साहले कसैकाे हल्लाका पछि नलागि ढुक्क भएर हात्तीपाईले राेग विरूद्व औषधी सेवन गर्न नगरवासीलाई आग्रह गरेका थिए । स्वस्थ्य नगर स्थापना गर्न नगरवासीहरूकाे अहम भुमिका रहेकाेले नगरका अगुवा व्यक्तित्वबाट याे अभियान थालनी गरे अझ प्रभावकारी हुने नगर प्रमुख साहले बताए । स्वास्थ्य विमालाई प्रभावकारीरूपमा सञ्चालन गर्न नगरका सबै वडामा आधारभुत स्वास्थ्य केन्द्रकाे स्थापना गरिने नगरप्रमुख साहले जानकारी गराए । कार्यक्रममा नगर उपप्रमुख गिता भेटवालले विश्व स्वास्थ्य संगठनले नेपालबाट हात्तीपाईले राेग उन्मुलन गर्न अार्थिक सहयाेग गरेकाे बताउदै यसकाे सहि उपयाेग गरि सबैले लाभ लिन आग्रह गरिन् । हामीमा जाँच गर्न विदेशबाट पठाईएकाे औषधी भएकाे जुन किसिमकाे सामाजमा भ्रम छ त्यसलाई चिर्न जरूरी रहेकाे उपप्रमुख भेटवालले बताएकी थिईन् ।
नगर स्वास्थ्य संयाेजक पर्शुराम भट्टराईले स्वागत गरेकाे कार्यक्रममा माघ २५ गतेदेखि फागुन २ गतेसम्म हात्तीपाईले विरूद्वकाे औषधि गाैरादह नगरपालिका खुवाइने जानकारी गराईएकाे थियाे ।
20200207_180157
झापाका १५ वटै स्थानीय तह बाट ८ लाख २६ सय ५ जना मानिसलाइ यस बर्ष हात्ती पाईले रोग निवारण अभियान अन्तर्गत औषधी सेवन गराईने लक्ष्य स्वास्थ्य कार्यालयको रहेको जानकारी गराएकाे छ ।
झापामा विगतको तथ्याङ्ग अनुसार हात्तीपाईले रोगका संक्रमित हाईड्रोसिलका ३ सय ७२ जना , खुट्टा सुनिएका ७२ जना ,स्तन सुनिएका १ सय १० सहित जम्मा ५ सय ५४ जना संक्रमितहरु रहेका छन् ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १२ : ३१ बजे