४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

शिवसताक्षीमा प्राविधिक शिक्षकहरुलाई प्रशिक्षण


२२ माघ २०७६, बुधबार  

0
Shares

20200205_213916

झापा २२, माघ / झापाकाे शिवसताक्षी नगरपालिका वार्ड नं. ९ मा दुई दिने प्राविधिक शिक्षकहरुका निम्ति प्रशिक्षक प्रशिक्षण तालिम आज सम्पन्न भएकाे छ । शिवसताक्षी नगरपालिका वार्ड नं.  ९ स्थित राष्ट्रिय रमणिय आवासीय माध्यमिक बिद्यालयको सभाहलमा माघ २१ र २२ गते सम्पन्न भएको हाे ।
विभिन्न ६ वटा स्थानीय तहको संयुक्त आयोजनामा सञ्चालन भएको सो कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्माको प्रमुख आतिथ्यमा भएको थियो । अनलाईनको माध्यमबाट IEMIS,PMT र कक्षा ८ को नतिजा प्रकाशन कसरी गर्ने भन्ने विषयमा बेलवारी नगरपालिका शिक्षा शाखा प्रमुख भुपेन्द्र कोइरालाले सहजीकरण गरेका थिए ।मेचीनगर नगरपालिका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको विशेष संयोजन शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख सुरेन्द्र दाहालले गरेका थिए । तालिममा ६ वटा स्थानीय तहका शिक्षा प्रमुख ,बि.नि.,विद्यालयका प्र.अ र कम्प्युटर शिक्षकहरु गरी जम्मा २६ जनाको सहभागिता रहेको थियो । राष्ट्रिय रमणिय अवासीय माविका प्रअ कालीप्रसाद रिजालको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ३ : ५९ बजे