३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

नागरिकको जिवनस्तर उकास्न एनएमसीकाे अग्रणी भुमिका


१८ माघ २०७६, शनिबार  

0
Shares

received_2457250851257769
गौरादह १८, माघ / प्रदेश नं.१ का भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम बहादुर मगरले मुलुकलाई आर्थिक विकाश गर्दै देशलाई समृद्ध बनाउन सहकारी संस्था बाहक बनेको बताएका छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको एकाइ परिषदको चौथो बैठकलाई सम्बोधन गर्दै राज्यमन्त्री मगरले सहकारी संस्थाले युवाहरुलाई रोजगारीका अवसर सिर्जना गर्दै मुलुकलाई समृद्ध बनाउन अग्रणी भुमिका निभाउनु पर्ने बताएका छन् । समाजमा आपसी सद्भाव कायम राख्दै सामाजिक सम्बन्ध बढाउँदै मुलुकलाई गतिशिल अवस्थामा डोर्याउन सहकारीले भुमिका निर्वाह गरेको धारणा राखेका छन् । गाउँ समाजमा छरिएर रहेको पुँजीलाई एकिकृत गर्दै सहकारीले चार क्षेत्रमा काम गरिरहेको बताएका छन् । सहकारी संस्थाले बैंकिङ्ग, दुध डेरी, कृषि फर्म र सहकारी क्षेत्रमा काम गर्दै नागरिकको जिवनस्तर उकास्न उल्लेखनिय भुमिका निर्वाह गरिरहेकाले त्यसलाई व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन् । जनता मावि गौरादहको खेल मैदानमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति रामचन्द्र उप्रेतीले संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा २०७६ साल पुस मसान्त सम्ममा ७९ हजार सदस्य संख्या, संस्थागत पुँजी १ अर्ब १० करोड, वासलात ८ अर्ब ६३ करोड रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए । यस संस्थाले बैकिंङ्ग डेरी उद्योग, एकीकृत नमुना कृषि फर्म र सहकारी पसलसहित चारवटा फरक फरक व्यवसाय सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । संचालक समितिको आयोजना र स्थानीय व्यवस्थापन गौरादह कार्यालयगत उपसमितिको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । संस्थाको हालसम्म ३८ वटा कार्यालय र १सय ७९ वटा एकाई रहेकाले त्यसभित्रमा वर्ष उत्कृष्ट एकाईमा खुदुनाबारी कार्यालय अन्तर्गत १ नं. एकाइ समिति र इटाभट्टा कार्यालय अन्तर्गत एकाइ नं. ५ लाई नगद पुरस्कार सहित सम्मान पत्रले सम्मान गरिएको छ । त्यसअवसरमा संविाधान सभा सदस्य दिपक कार्की, गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाह, उपमेयर गिता भेट्वाल, वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, साना किसान कृषि सहकारी केन्द्रिय संघ उपाध्यक्ष मीना ढकाल र गौरादह सामुदायिक कृषि सहकारीका अध्यक्ष तारा प्रसाद घिमिरेले शुभकामना मन्तव्य राखेक थिए ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  १ : ३५ बजे