३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गाैरीगंजकाे महाभाराबाट भारतीय माेटरसाईकल प्रहरीकाे नियन्त्रणमा


१५ माघ २०७६, बुधबार  

0
Shares

20200129_202858
दमक/झापाको गौरीगञ्ज १ माहाभारास्थित भारतीय सीमा क्षेत्रबाट प्रहरीले भारतीय नम्बर प्लेटका ६ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले आज दिउँसो ती मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
सहज रुपमा नेपाल भारत आवतजावत गर्ने गरिएको सो सीमा क्षेत्रमा प्रहरीले नेपाल तर्फ चिउरा कुटाउन, घर बनाउने कामका लागि आउने मिस्त्री र खेती गर्न आउने सर्वसाधारणले चढेर आएका मोटरसाइकल नियन्त्रणमा लिएको गौरीगञ्ज – १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले बताउनु भयो ।

वडाध्यक्ष राजवंशीले प्रहरीको टोलीले अबैध आयात निर्यात गर्ने गिरोहको संरक्षण गर्ने र साधारण घरायसी कामका सिलसिलामा आवतजावत गर्ने सर्वसाधारणका मोटरसाइकल नियन्त्रणमा लिने कार्यले नेपाली र भारतीयबीचको आपसी सम्बन्धमानै खटपट आउने सम्भावना बढेको बताउनुभयो ।
आजै नियन्त्रणमा लिएका मध्ये एक जना नेपाल तिर ससुराली घर आउँदै गर्नुभएको नेपालीकै ज्वाइँको मोटरसाइकल छ ।

सो नाकामा सशस्त्र द्धन्दका समयमा विस्थापित छोटी भन्सार कार्यालय माहाभारा अझै पुर्नस्थापना भएको छैन । भन्सार गर्नका लागि झण्डै १५ किलोमिटर टाढा आठमौजा भन्सार कार्यालय पुग्नुपर्ने बाध्यता छ ।
सशस्त्र प्रहरी र जनपथ प्रहरीले भने त्यहाँ इजाजत नलिएका मोटरसाइकल रहेको भन्दै नियन्त्रणमा लिने गरेका हुन् । सो क्षेत्रबाट सूर्ती तथा कतिपय प्रतिबन्धित सामानहरु अबैधरूपमा भित्रिने गरेको पाइएकाे छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  २ : ४८ बजे