१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जिवनका तीन घुम्ती पुस्तकको विमोचन


११ माघ २०७६, शनिबार  

0
Shares

20200125_173126
गौरादह ११, माघ /गौरादहका  गरुडध्वज बस्नेतद्वारा लिखित जिवनका तीन घुम्ती पुस्तकको विमोचन गरिएको छ । विद्योदय अंग्रेजी माविमा एक कार्यक्रमको आयोजना गरि संविधान सभा सदस्य सुदिर सिवाकोटी र नेपाली काँग्रेस केन्द्रिय प्रवक्ता विश्वप्रकाश शर्माले विमोचन गरेका थिए । गरुडध्वज बस्नेतको जिवनी, राजनीतिक घटना, परिघट्ना र सामाजमा पुर्याएकाे याेगदानका बिषयलाई समेटेर तयार पारिएको पुस्तकलाई विमोचन गरिएको हो । बिद्दाेदय अंग्रेजी माध्यमिक  विद्यालयको संस्थापक अध्यक्ष समेत रहेका बस्नेतले विद्योदय अंग्रेजी माविलाई १ लाख १ हजार १सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । बस्नेतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिक बहादुर बस्नेतलाई  अक्षयकोषकाे लागि बैंकको चेक हस्तान्तरण गरेका छन् । अक्षयकोष बाट विद्यालयमा अध्यनरत उत्कृष्ट छात्र छात्राहरुलाई पुरस्कृत गरिने जनाइएको छ।विद्यालय ब्यावस्थापन समितिकन अध्यक्ष मणिक बस्नेतकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे।संविधानसभा सदस्य सुधिर सिवाकोटी र बिश्वदीप लिङदेन, नेपाली काङ्ग्रेसका केन्द्रिय प्रबक्ता विश्व प्रकाश शर्मा,राजनीतिक ब्यक्तित्वहरु पुर्णा नन्द शर्मा,राजन ढुङगाना,नेपाली काङ्ग्रेस क्षेत्र नं -५ का क्षेत्रीय सभापति ढुन्डीराज भण्डारी, बिद्यालयका निर्देशक नारायण बस्नेत लगायतले शुभकामना मन्तब्य राखेका थिए। तारा बस्नेतले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा विद्यालयका शिक्षक गाेपाल पंगिनीले कार्यक्रम संचालन गरेका थिए।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ११ : ५४ बजे