२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

गौरादह जेसीजको आठौं पदस्थापन तथा पुरस्कार वितरण


११ माघ २०७६, शनिबार  

0
Shares

20200125_173105

गौरादह ११, माघ /गौरादह जेसीजको आठौं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।  गौरादह जेसीज वर्ष २०१९ का अध्यक्ष माधव कोइरालाले वर्ष २०२० का अध्यक्ष तारा कुमार श्रेष्ठलाई चेन लगाएर पद हस्तान्तरण गरेका छन् । गौरादह उद्योग वाणिज्य संघको सभाहलमा आज सम्पन्न पदस्थापन कार्यक्रममा जेसीजलाई क्यालेन्डर छपाएर सहयोग गरे बापत फेवा ल्युब आयल, जेसीजका कार्यक्रमलाई संचालन गर्न आर्थिक तथा भौतिक सहयोग गरे बापत वडा नं. १ को वडा कार्यालयलाई सम्मान गरेको थियो । फेवा ल्युबका तर्फ बाट प्रबन्ध निर्देशक र वडा नं. १ का तर्फबाट वडा सदस्य कोमल ढुंगाना सम्मान पत्र हस्तान्तरण गरेको थियो । त्यसअवसरमा जेसीजको सक्रिय सदस्य पुरस्कार महासचिव बिनिता कट्वाल, कार्यक्रम संयोजक पुरस्कार उपाध्यक्ष जेसी भानु आचार्य र उत्कृष्ट शाखा पदाधिकारी पुरस्कार कोषाध्यक्ष प्रकाश भट्टराईलाई प्रदान गरिएको थियो । उत्कृष्ट कार्य सम्पादन गरे बापत गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहद्वारा स्थापित अक्षयकोषबाट जेसीज एकराज घिमिरेलाई सम्मान गरिएको थियो । कार्यक्रमलाई उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रिय प्रवक्ता तथा कार्यक्रमका प्रमुख अतिथि विश्वप्रकाश शर्माले जेसीज सबै जना अट्ने छाता संगठन रहेकाे धारणा राखेका थिए। युवाहरुलाई सामाजिक क्षेत्रमा काम गर्दै गाउँ समाजमा हुने गरेका बिकृति र बिसंगतिलाई अन्त्य गर्न जेसिजले भूमिका निर्वाह गर्नु पर्ने बताएका छन। पारिवारिक सम्बन्धलाई सुमधुर राख्दै समाज रुपान्तरण गर्दै निरासाकाे बाटाेलाई अन्त्य गरि मानिसलाई आशावादी हुन अनुराेध गरेका छन। कार्यक्रममा गौरादह जेसीज सचिव निर्मला रिमालले जेसीज आस्था पाठ वाचन गरेकी थिइन् भने कोषाध्यक्ष प्रकाश भट्टराइले जेसीज मिसन भिजन पाठ वाचन गरेका थिए ।जेसिज वर्ष २०१९ का अध्यक्ष माधब काेईरालाकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा जेसिज बर्ष २०२० नेपाल जेसिज कार्यकारिणी उपाध्यक्ष बिजय गुरुङलगायतले मन्तब्य राखेका थिए।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ११ : ५१ बजे