१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विराटनगरबाट श्रम स्वीकृती दिन शुरु


२३ माघ २०७५, बुधबार  

0
Shares

20190206_11492620190206_114926

विराटनगर २३ , माघ /
श्रम कार्यालय बिराटनगरबाट श्रम स्वीकृती दिन शुरु भएको छ । बुधवार श्रम कार्यालय बिराटनगरले पहिलो सेवाग्राहीलाई श्रम स्वीकृत प्रदान गर्न थालेको हो । धनकुटा चौबिसे गाउँपालिका वडा नम्बर ५ बोधेका विजय खड्कालाई विराटनगरबाट पहिलो श्रम स्वीकृत प्रदान गरिएको हो । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले खड्कालाई कतारको लागि श्रम स्वीकृत प्रदान गरेका हुन् । उनी यस अघि कतारममै बैदेशिक रोजगारीका लागि गएका हुन् । तीन महिनाको विदामा उनी घरमा आएकोमा फर्कने क्रममा उनले बिराटनगरबाट पहिलो श्रम स्वीकृत प्राप्त गरेका हुन् । उनले श्रम स्वीकृत प्राप्त गरेसँगै आफुलाई खुसी लागेको बताए । उनले भने, ‘पहिलो पटक आफ्नै गाउँबाट श्रम स्वीकृती पाउँदा खुसी लागेको छ, काठमाडौँमा ३ दिनसम्म धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।’
उनले काठमाडौँमा गएर श्रम स्वीकृत लिनको लागि निक्कै समय लाग्ने र झण्झटिलाले हुने गरेको सुनाए । ‘अब खर्च पनि कम लाग्ने भयो, काम पनि चाँडो हुने भयो, खड्काले भने ।
खड्का जस्ता धेरै श्रम स्वीकृतिको लागि बिराटनगरमा रहेको श्रम कार्यालयमा आउन थालेका छन् । पहिलो चरणमा नै श्रम स्वकृती प्रदान गर्ने भनिएको बिराटनगर श्रम कार्यालयमा बिभिन्न कारण देखिउँदै मन्त्रालयले पोखरा र बुटवलबाट मात्र पहिलो चरणमा श्रम स्वीकृती दिन थालेको थियो ।
एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले देशमै राजगारीको अबस्था सिर्जना नगर्दासम्म बैदेशिक रोजगारीमा जाने क्रमलाई रोक्नै नसकिने बताए । उनले एक नम्बर प्रदेशले युवा लक्षित कार्यक्रम अन्तरगत ९ हजार युवालाई रोजगार मुलक तालिम दिने तयारी गरिएको जानकारी दिए । अहिलेको अबस्थामा बैदेशिक रोजगारीमा जानको लागि प्रदेशबाट आफ्नै ठाउँ र क्षेत्रबाट श्रम स्वीकृती दिन थाल्नु सकारात्मक भएपनि बैदेशिक रोजगारीमा जाने क्रमलाई रोकेर देशमै रोजगारीको अबसर सिर्जना गर्न तर्फ लाग्नु पर्नेमा जोड दिए । मन्त्री घिमिरेले भने, ‘तालिमको माध्यामबाट रोजगारीको अबस्था सिर्जना गरी बैदेशिक रोजगारीमा जाने दरलाई शुन्यमा झार्नुपर्छ भन्ने नै हाम्रो उदेश्य हो ।’
मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले लामो समय देखि केन्द्रिकृत रुपमा वितरण हुँदै आएको श्रम स्वीकृती विराटनगरबाट नै वितरण हुनुले आम सेवाग्राहीलाई सहज हुने अपेक्षा राखे ।
श्रम कार्यालय विराटनगरकी निमित प्रमुख सविता दाहालले केही महिना अघि देखि नै शुरु हुनु पर्ने श्रम स्वीकृतीको काम यस प्रदेशमा अन्य प्रदेश भन्दा अन्तिममा परेको सुनाईन् । ‘केही समस्या थियो त्यो समस्या समाधान भएको छ, दाहालले भनिन् अब नविकरण गर्नुपर्ने श्रम स्वीकृतीको काम यहीँबाट हुन्छ ।’
श्रम स्वीकृतीको पहिलो चरणमा विदेश बसेर विदामा आएकाहरुको लागि अर्थात दोश्रो चरणको श्रम स्वीकृति मात्र प्रदान हुँने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ६ : १६ बजे