३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गाैरीगंज गाउँपालिका वार्ड नं. ५ मा नि:शुल्कमा आँखा शिविर


१० माघ २०७६, शुक्रबार  

0
Shares

20200124_180731

गौरीगंज १०, माघ /ग्रामिण क्षेत्रमा बसाेवास गर्ने नागरिकहरुलाई आँखा उपचार गराउने उदेश्यले १ दिने नि:शुल्क आँखा शिबिर संचालन गरिएको छ। गौरीगंज गाँपालिका वडा नं -५ काे वडा कार्यालयले आयाेजना गरेकाे आँखा शिविरमा ३ सय जनाले सेवा लिएका थिए।रबि पन्चमी चस्मा घर तथा आँखा उपचार सेवा दमक र बिर्ता ज्याेती आइ केयर सेन्टर दमककाे प्राविधिक सहयाेगमा सम्पन्न शिबिरमा आँखा जाँच,औषधि र चस्मा निशुल्क बितरण गरिएकाे थियाे।शिबिरमा रबि पन्चमी आँखा उपचारका दृष्टि बिषेशज्ञ शिव शंकर महत्ताेकाे नेतृत्वमा ५ जनाकाे र बिर्ता ज्याेतीकाे बिनेद दहालकाे नेतृत्वमा ३ जनाकाे टाेलीले आँखा जाँच गरेकाे रबि पन्चमी आँखा उपचार सेवाका प्राेप्राइटर रमेश पासवानले जानकारी गराए।
20200124_180742
शिविरमा आँखा जाँच गराउन आएकी ७१ बर्षिया फुलवत्ती ताजपुरयीले घर आँगनमै उपचार गराउन पाउँदा खुसी ब्यक्त गरिन।आर्थिक अबस्था कमजाेर भई उपचार गराउन अस्पताल पुग्न नसक्ने बिरामीहरुका लागि शिविर फलदायी रहेकाे उपचार गराउन आएका ६९ बर्षिया रतन लाल राजवंशीले बताए ।  शिविरमा भेटिएका   माेतिया बिन्दुका बिरामीहरुलाई बिर्ता ज्याेती आई केयर सेन्टरले कम शुल्कमा अपरेसन गर्ने जनाएको छ।नेपाल सरकार बाट बिमा गरिएका बिरामीहरुलाई निशुल्क अपरेसन गरिने बिर्ता ज्याेतीका नेत्र अधिकृत माेती बरालले जानकारी गराए।शिविरकाे उद्घाटन कार्यक्रममा वडा नं -५ का वडाध्याक्ष बिजय प्रसाद सिंहकाे सभापतित्वमा सम्पन्न शिबिरमा गौरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ प्रमुख अतिथि रहेका थिए।त्यस अवसरमा वडा सदस्यहरू राजेन्द्र ताजपुरिया, देव नारायण सिंह गन्गाई,लिला देवि गन्गाई लगायतकाे उपस्थिति रहेकाे वडा सचिव उमा देबि ठाकुरले जानकारी गराइन्।
20200124_180720

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १२ : ३० बजे