१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

काेराेवारीका २८ छात्रालाई साइकल वितरण


७ माघ २०७६, मंगलबार  

0
Shares

20200121_194402

गाैरीगंज ७, माघ / गाैरीगंज गाउँपालिका वार्ड २ काेराेवारीका उच्च माविमा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गरिएकाे छ ।
उच्च शिक्षा अध्ययन गर्ने छात्राहरूलाई क्याम्पस आवतजावत गर्न सहज हाेस् भन्ने उदेश्यले वार्ड कार्यालयले २८ जना छात्राहरूलाई आज एक कार्यक्रम बीच साईकल वितरण गरेकाे हाे ।
वार्डकाे वजेट सिलिङ्गबाट २ लाख रूपैयाँ विनियाेजन गरि वडाका उच्च शिक्षा अध्ययनरत छात्राहरू साइकल वितरण गरिएकाे वडा सचिव गाेविन्द राजवंशीले जानकारी गराए ।
गाैरीगंज गाउँपालिका वार्ड नं. २ का अध्यक्ष अघनुप्रसाद राजवंशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कार्यपालिका सदस्य जेठा मुर्मू, रिता तामाङ्ग, वडा सदस्य अरूण राजवंशीलगायतकाे उपस्थिति थियाे ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  २ : २३ बजे