३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

भाक्का दिवसकाे भव्य तयारी, भाक्का खाने चलन व्यापक


२८ पुस २०७६, सोमबार  

0
Shares

20200113_090106
बिर्तामोड, २८ पुस /  कोच राजवंशी समुदायले पुस २९ गते मंगलबार मनाउन लागेको ‘राष्ट्रिय भाक्का दिवस’ कार्यक्रमको तयारी पूरा भएको छ ।

कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा पुस २९ गते झापाको बिर्तामोडमा बृहत्त साँस्कृतिक कार्यक्रमसहित ‘राष्ट्रिय भाक्का दिवस’ मनाइँदैछ ।

कार्यक्रमको लागि मञ्च व्यवस्थापन, अतिथि निमन्त्रणा, साँस्कृतिक टोलीहरुको तयारी, भाक्काको विभिन्न परिकारको तयारी गरिसकेको आयोजक समिति कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए । भाक्का दिवस कार्यक्रम मंगलबार बिहान ८ बजेदेखि बिर्तामोडको वान स्टप मल अगाडि सुरु हुने उनले बताए ।

भाक्का कोच राजवंशी समुदायले चिसो (हिउदे) मौसममा खाने प्रमुख परिकार हो । पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिले पनि रुचाएपछि भाक्का खाने चलन व्यापक बनेको छ ।

राजवंशी जातिमा मात्र सीमित रहेको भाक्का खाने चलन सबै जातजातिबीच लोकप्रिय बनेपछि यसलाई प्रवद्र्धनात्मक कार्यक्रमसहित पुस २९ गते भाक्का दिवस मनाउन थालिएको राजवंशीले बताए । ‘विगतभन्दा यो बर्षको भाक्का दिवसलाई विशेष तरिकाले मनाउने तयारी सम्पन्न गरेका छौं’ अभय राजवंशीले भने,‘आशा छ, मंगलबार बिहान कार्यक्रममा उपस्थित भएर हाम्रा सम्पूर्ण अतिथिहरुले विभिन्न परिकारको भाक्का खानु हुनेछ र, हाम्रो साँस्कृतिक कार्यक्रममा रमाउनु हुनेछ ।’

आम जनमानसले भाक्कालाई जाडोको सिजनमा चोक चोकमा खान पाइने एक सामान्य खाजाको रुपमा लिने गरेपनि भाक्का अग्र्यानिक र स्वास्थ्यका लागि हितकर खाजा भएको राजवंशीले दाबी गरे । भाक्का चामलको पीठोबाट बनाइन्छ । शुद्ध चामलको पीठोलाई पानीको बाफमा पकाएर भाक्का बनाउने गरिन्छ ।

पीठोको चामलमा कुनै बस्तु मिसाउट नहुने तथा पानीको बाफमा मात्र पकाउने गरेकाले भाक्का पूर्ण अग्र्यानिक र स्वास्थ्यकर खाजाको रुपमा परिचित छ । भाक्का दिवस कार्यक्रममा कोच राजवंशी समुदायको परम्परागत विभिन्न स्वा“दमा भाक्का खानुका साथै कोच लोक सा“स्कृतिक कार्यक्रमको पनि प्रस्तुती रहने अध्यक्ष राजवंशीले जानकारी दिए ।

यस बर्षको भाक्का दिवस कार्यक्रमलाई प्रदेश १ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सहयोग गरेको छ । भाक्का दिवस कार्यक्रमको मुख्य प्रायोजकमा सन्दर्भ बहुउद्देश्यीय सहकारी संस्था घैलाडुब्बा रहेको छ भने सहयोगीमा कनकाई नगरपालिका, न्यू लाइफ स्टाइल फेसन वेयर बिर्तामोडलगायत रहेका छन् ।
(सजिलाे खबरबाट साभार)

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ३ : १५ बजे