१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजका युवा व्यवसायीले छाेरीकाे जन्मदिन विद्यार्थीलाई छात्रवृत्ति दिएर मनाए


२५ पुस २०७६, शुक्रबार  

0
Shares

20200110_150906

गाैरीगंज २५, पुस / जन्माेेेेेेत्सव हाेस् वा विवाहकाेे उत्सव । अचेेल नयाँ पिढिका युवाहरू पार्टी महल र राम्राे हाेटलमा गएर तामझामकासाथ मनाउने गर्छन् । तर, त्यस परिपाटीकाे सिकाे नगरी यहाँको एक दम्पतिले आज आफ्नाे छाेरीकाे जन्माेत्सवमा सामुदायिक विद्यालयकी एक मेधावी छात्रालाई छात्रवृत्ति दिएर मनाएका छन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बस्ने युवा व्यवसायी केशव ढुंगाना र रक्षा ढुंगानाले आफ्नी छाेरी प्रगति ढुंगानाकाे तेस्राे जन्मदिनकाे अवसरमा खजुरगाछी माविकी छात्रा कृतिका श्रेष्ठलाई ५ हजार ५ सय ५ रूपैयाँ प्रदान गरेका हुन् । कृतिका कक्षा १० कि प्रथम छात्रा हुन् ।
ढुंगाना दम्पति हाल चीनकाे गुन्जाहाे शहरमा विगत ७ वर्षदेखि बसाेवास गर्दै आएका छन् । तकसुन टेक्नोलोजी हङ्कङ्ग लिं. कम्पनीका प्रमुख युवा व्यवसायी केशव ढुंगानाले भारत, नेपाल, बंगलादेश र श्रीलंकामा आफ्नाे सेवा विस्तार गरेका छन् । उनले भने – ‘म समाजसेवा गर्न चाहान्छु । मलाई आफू जन्मेेेेेकाे ठाउँकाे लागि समाजसेवामा केही गर्नेे ईच्छा छ ।’
गौरिगंंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बस्ने जगरनाथ ढुङ्गाना तथा दुर्गादेबी ढुंगानाका छाेरा केशव ढुंगाना खजुरगाछी माविमै कक्षा ६ सम्मकाे शिक्षा लिएका थिए ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ९ : २४ बजे