११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

अपाङ्गता भएका व्यक्तिहरूलाई कम्वल


२२ पुस २०७६, मंगलबार  

0
Shares

20200107_154646

गाैरीगंज २२, पुस / गौरीगंज गाउँपालिका भित्रका अपाङ्गता भएका ब्यक्तिहरुलाई न्यानाे कम्वल बितरण गरिएकाे छ।लुथरन वर्ल्ड फेडरेसन प्रदेश नं१ र न्याय तथा विकासका लागि सामाजिक सञ्जालकाे संयुक्त समन्वयमा गाैरीगंज गाउँपालिका भित्र रहेका अपांगता भएका ब्यक्तिहरुलाई न्यानाे कम्वल वितरण गरिएकाे हाे।एनएमबी बैंककाे आर्थिक सहयाेगमा गाैरीगंज गाउपालिका भित्र रहेका १ सय जना अपांगता भएका व्यक्तिहरूलाई जाडाेमा ओढ्न न्यानाे कपडा कम्वल वितरण गरिएकाे हाे ।साेही अवसरमा गाैरीगंज अपाङ्ग सहयाेग समितिकाे कार्यालय उद्घाटन गरिएकाे छ । गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले अपांग सहयाेग समितिकाे कार्यालय बिधिवत रुपमा उद्घाटन गरेका छन ।गाैरीगंज गाउँपालिका वार्ड नं. ३ मा कार्यालय खाेली संचालन गरिएकाे कार्यालयले गाउँपालिका भित्र अपाङ्गता भएका व्यक्तिहरूकाे अभिलेख राख्ने र उनीहरूकाे समस्याकाे पहिचाहन गरि सामधान गर्न सहयाेग गर्ने संघका अध्यक्ष शेरमान बुढाथाेकीले जानकारी गराए।गाैरीगंज गाउँपालिका भित्र ३ सय ८४ जना अपाङ्गता भएका व्यक्तिहरू रहेकाे बुढाथाेकीले बताएका छन् । कार्यक्रममा न्याय तथा विकासका लागि सामाजिक सञ्जालका संयाेजक कुमार चुडाल, लुथरन वल्ड फेडेरेसन प्रदेश नं.१ का संयाेजक राजेेेेेेेन्द्र राउत, ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रमुख गणेश भट्टराई, सशस्त्र प्रहरी वल गाैरीगंजका प्रमुख साइमन श्रेष्ठ, अपांगता समितिका अध्यक्ष शेरमान बुढाथाेकी लगायतकाे सहभागिता थियाे थिए।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १२ : ०४ बजे