
गाैरीगंज २०, पुस / तल्लाे किस्ने जल उपभाेक्ता संस्था गौरीगंजकाे तेस्रो साधारणसभा आज सम्पन्न भएकाे छ। गौरीगंज गाउँपालिकाकाे सभाहलमा सम्पन्न साधारणसभामा तल्लो किस्ने जल उपभोक्ता संस्थाका सदस्यहरु सहभागी भएका थिए। साधारणसभामा संस्थाका अध्यक्ष घनश्याम रिजालले संस्थाकाे बार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।अध्यक्ष रिजालले आम्दानी तर्फ ३२ लाख ६७ हजार र खर्च तर्फ २५ लाख ६७ हजार र ७ लाख जम्मा रहेकाे आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाका अध्यक्ष घनश्याम रिजालकाे सभापतित्वमा सम्पन्न साधारणसभामा गौरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपिन्द्र थापा, केदार ढुङ्गेल लगायतले शुभकामना मन्तबव्य राखेका थिए। काेषाध्यक्ष सीता देवी पाेख्रेलले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा उपाध्यक्ष निलम काफ्लेले कार्यक्रम संचालन गरेकी थिईन।




