३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गाैरादहमा सिद्वार्थ बैंककाे उद्घाटन


१० पुस २०७६, बिहिबार  

0
Shares

20191226_211831

गौरादह १०,पुस /प्रदेश नं -१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले गरिबी निवारण र बेरोजगारी समस्या समाधान मुलुककाे मुख्य चुनौती रहेकाे बताएका छन। सिद्वार्थ बैंक शाखा गौरादहकाे उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री कार्कीले गरिबी निवारणकालागि यश क्षेत्रमा उत्पादन हने कृषि जन्य बस्तुमा आधारित उद्योगहरु खाेलेर संचालनमा ल्याउन आबस्यक रहेकाे बताएका छन।दक्षिणी क्षेत्र कृषिका लागि उर्भर भूमि रहेकाले किसानहरूले उत्पादन गरेकाे अन्न बालिलाई प्रबर्द्धन गर्न त्यसमा आधारित उद्योग संचालन गर्दा राेजगारीका अवसर सृजना भई गरिबि निवारण हुने बताए।बैंक प्रति नागरिकको आकर्षण बढाउन जनताकाे मनाेभावना बुझेर सेवा प्रदान गर्न समेत बैंकलाई आग्रह गरेका छन।द्रुतगतिमा बिकाशमा अगाडि बढीरहेकाे गौरादहमा अधिकांश मानिसहरुकाे पेसा कृषि रहेकाले किसानलाई सस्तो ब्याज दरमा र सहज रुपमा ऋण लगानी, पर्यटन तथा उद्योगकाे क्षेत्रमा लगानी गर्न बैंकहरुलाई अनुरोध गरेका छन।गौरादह नगरपालिकाका मेयर राेहित कुमार शाहले बैंकले दिईने सबै प्रकारका सेवा नागरिकले सहज रुपमा पाउनु पर्ने धारणा राखे। बैंकले किसानहरुकाे आयआर्जनमा बृद्वीहुने र उत्पादन मुलक क्षेत्रमा लगानी बढाउनु पर्ने बताएका छन। सिद्वार्थ बैंकले १७६ औ शाखाकाे रुपमा संचालनमा ल्याएकाे छ। २०७५ साल बैशाख २९ गतेबाट गौरादहमा बैंककाे कार्यलय खाेलि नागरिकहरुलाई सेवा दिदै आएकाे सिद्वार्थ बैंककाे बिहिवार औपचारिक रुपमा उद्घाटन गरिएकाे छ।सिद्वार्थ बैंकले १७ बर्ष पुरागर्दा नागरिकहरुलाई आधुनिक बैंकिङ सुबिधा दिन सफल भएकाे जानकारी गराईएकाे थियाे। बैंकले नागरिकहरुलाई कर्जा,निक्षेप,रेमिटान्सका, ईन्साेरेन्स सेवाका साथै सामाजिक कामहरु समेत गर्दै आएकाे केन्द्रीय सहायक सिओ रामेस्वर बस्यालले जानकारी गराए।बैंककाे १ खर्ब ३० अर्बकाे निक्षेप संकलन, २ सय बढी एटीएम १ सय १ वटा शाखा रहित सेवा संचालनमा आएकाे बस्यालले जानकारी गराए।बैंकका डेपुटी सियो सुन्दर प्रसाद कडेलकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह उद्योग बाणिज्य संघ अध्यक्ष जीवन राईले शुभकामना मन्तब्य राखेका थिए।बैंकका गौरादह शाखा प्रमुख नुतन गिरीले स्वागत मन्तब्य राखेका थिए।

प्रकाशित मिति : १० पुस २०७६, बिहिबार  ३ : ३२ बजे