१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आज सूर्य ग्रहण : कहाँबाट कति बजे देखिन्छ ?


१० पुस २०७६, बिहिबार  

0
Shares

20191226_075630
गाैरीगंज १०, पुस / आज बिहीबार बिहान नेपाली आकाशबाट खण्डग्रास सूर्यग्रहण देखिँदै छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलाय विकास समितिका अनुसार ग्रहण बिहान ८ बजेर ४३ मिनेटबाट सुरु हुनेछ । नेपालबाट विरल छाया र खण्डग्रास मात्र देखिने समितिले जनाएको छ ।

ग्रहणलाई पृथ्वीको केही भागबाट बलयाकार वा रिङजस्तो देखिनेछ । अर्थात् चन्द्रमाको छायाको व्यास सूर्यको भन्दा सानो हुने भएकाले बीच भाग ढाके पनि किनारबाट केही प्रकाश वरिपरि देखिन्छ ।

20191226_075820
सोही कारण यसलाई ‘रिङ अफ फायर’ पनि भन्ने गरिएको समितिले जनाएको छ । समितिका निमित्त कार्यकारी निर्देशक सनतकुमार शर्माका अनुसार रिङ अफ फायर साउदी अरबबाट देखिन सुरु हुन्छ ।

कतार, युएई, ओमान, दक्षिण भारत, उत्तरी श्रीलंका, बंगालको खाडी, मलेसिया, इन्डोनेसिया, सिंगापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य हुने उनको भनाइ छ । काठमाडौंबाट देखिने सूर्यको ३९ प्रतिशत भाग मात्र ढाक्ने सूर्य ग्रहण ।

प्रकाशित मिति : १० पुस २०७६, बिहिबार  २ : १२ बजे