१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाउँका कुनाकाप्चामा स्वास्थ्य सम्वन्धि जनचेतना फैलाउन आवश्यक रहेकाे मन्त्री कार्कीकाे भनाई


७ पुस २०७६, सोमबार  

0
Shares

20191223_200331

गौरादह ७, पुस / प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले मानव जिवनलाई स्वास्थ्य जीवनयापन गर्दै निराेगी रहन स्वास्थ्य सम्बन्धि जनचेतना गाउँका कुनाकाप्चासम्म पुर्याउन आवस्यक रहेकाे बताएका छन । गौरादह नगरपालिका वडा नं -५ महारानीझाेडाकाे स्कुलचौनमा आयाेजना गरिएको क्यानसर राेकथाम,नियन्त्रण,परिक्षण सम्बन्धि नि:शुल्क शिबिरकाे उद्घाटन गर्दै मन्त्री कार्कीले दिनप्रतिदिन नयाँ-नयाँ राेगहरु देखिरहेकाे समयमा नागरिकहरु राेगबाट बच्न आफु पनि सजक हुनुपर्ने धारणा राखेका छन् । मुलुक भित्र रहेका सामाजिक संघ संस्थाहरुसंग स्थानीय निकायले समन्वय गरेर स्वास्थ्य सम्बन्धि जनचेतना गाउँघरमा गर्न सकिने बताएका छन् । स्वास्थ्य शिविरकाे अवसरमा संचालन गरिएकाे क्यान्सर राेग सम्बन्धि तालिमलाई सबै नागरिकहरु समक्ष लैजान स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन।
राेग लागेर उपचार गर्नु भन्दा राेग लाग्न नदिनु उचित हुने बताउदै मन्त्री कार्कीले निराेगी बनी स्वास्थ्यमा ख्याल राख्न आग्रह गरेका छन। नागरिकहरुकाे अनुराेधका आधारमा विकाश निर्माणकाे काम गर्दा बजेट अभाव भई बिकाश निर्माणका काम अधुरा रहेकाले अब प्राथमिकिकरणका आघारमा काम सम्पन्न गर्ने बताए।जनताकाे चाहना छिटाे भन्दा छिटाे बिकाश हुनुपर्ने भएकाले साेहि अनुसार सबैतिर काम थालेर अधुरा रहँदा जनताले बिस्वास नगरेकाे बताए। राष्ट्र सेबक कर्मचारीहरुले इमानदारीका साथ जनताकाे काम समयमै सम्पन्न गर्न आग्रह गरेका छन् । राष्ट्रसेवक कर्मचारीहरुले देश र जनताका लागि निर्वाह गर्नु पर्ने भूमिका र त्यसकाे पालनाका लागि कर्तव्यनिष्ठ भएर जिम्मेवारी पुरा गर्नु पर्ने बताएका छन्। गौरादह नगरपालिका,महारानीझाेडा सानाकिसान कृषि सहकारी संस्था,महारानी झाेडा बचत तथा ऋण सहकारी संस्था,जनहित बचत तथा ऋण सहकारी संस्थाले संयुक्तरुपमा आयाेजना गरेकाे क्यान्सर राेकथाम,नियन्त्रण र परिक्षण सम्बन्धि शिविरकाे उद्घाटनकाे अवसरमा यस क्षेत्रमा रहेका स्वास्थ्यकर्मीहरुलाई क्यान्सर राेग सम्बन्धि प्राथमिक उपचारका लागि तालिम संचालन गरिएको थियाे।तालिममा यस क्षेत्रका ४० जना स्वास्थ्य सहायक कर्मचारीहरु सहभागी भएका थिए । तालिममा महिलाहरुकाे पाठेघरकाे मुखकाे क्यान्सर,स्तन क्यान्सर,मुख र घाँटीकाे क्यान्सर राेगकाे नियन्त्रणका लागि प्रशिक्षण दिईएकाे क्यान्सर राेकथाम, नियन्त्रण तथा अनुसन्धान बिभाग प्रमुख भाेला सिवाकोटीले जानकारी गराए। उद्घाटनकाे पहिलाे दिन साेमवार तालिम संचालन गरिएको र मंगलवार र बुधवार नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरिने महारानी झाेडा साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक चिरञ्जीवी भन्डारीले बताए। बि.पि.काेईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानकाे क्यान्सर राेकथाम,नियन्त्रण,तथा अनुसन्धान विभागकाे प्राविधिक सहयोगमा संचालन गरिने शिविरमा गरिमा कनडेल मेमाेरियल ट्रष्ट काठमाडौंकाे सहयाेग रहेकाे छ।महारानी झाेडा साना किसान कृषि सहकारी संस्था अध्यक्ष मिना ढकालकाे सभापतित्वमा शिबिरकाे उद्घाटन भएकाे थियाे।गरिमा कन्डेल मेमाेरियल ट्रष्ट का अध्यक्ष गंगाराम कडेल र गौरादह नगरपालिकाका मेयर राेहित कुमार शाह लगायतले शुभकामना मन्तब्य राखेका थिए।गौरादह नगरपालिका वडा नं -५ का वडाध्यक्ष छत्रपती सुबेदीले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा महारानी झाेडा बचत तथा ऋण सहकारी संस्था अध्यक्ष मित्रदेब काफ्लेले कार्यक्रम संचालन गरेका थिए।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  २ : ५० बजे