४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

गाैरीगंजमा नि:शुल्क पशु स्वास्थ्य शिविर


६ पुस २०७६, आइतबार  

0
Shares

20191222_170157

गाैरीगंज ६, पुस / गाैरीगंज गाउँपालिका पशु सेवा शाखाले गाउँपालिका भित्र रहेका पशु तथा चाैपायाहरूकाे नि:शुल्क स्वास्थ शिविर सञ्चालन गरिदैछ ।
गाैरीगंज गाउँपालिकामा सञ्चालन गरिएकाे निशुल्क स्वास्थ्य शिविरमा पशु पालक किसानहरू लाभान्वित हुने गाैरीगंज पशु सेवा शाखा प्रमुख विनाेद कुमार साफीले जानकारी गराए । गाउँपालिकाकाे पशु सेवा शाखाले गाउँपालिकाकाे वार्ड नं. १ र २ मा पशु स्वास्थ शिविर सम्पन्न गरि आईतवार वार्ड नं. ५ मा सञ्चालन गरेकाे छ ।
वार्ड नं. १ मा सञ्चालन गरिएकाे शिविरमा ६ सय वटा चाैपायाकाे उपचार गरिएकाे थियाे भने वार्ड नं. २ मा ७ सय वटा चाैपायाकाे उपचार गरिएकाे थियाे ।
पशु सेवा शाखाले सञ्चालन गरेकाे नि:शुल्क स्वास्थ्य शिविरमा किसानहरूले गाई, भैंसी, बाख्रा, सुङ्गुर, कुखुरा, खसीलगायतका पशु चाैपायाहरू स्वास्थ्य जाच गराउन ल्याएकाे पशु प्राविधिक घनेन्द्र भण्डारीले जानकारी गराए ।
शिविरमा उपचार गराउन ल्याएका पशु पंक्षी तथा चाैपायाहरूमा नाम्ले जुका, शरीर कमजाेर, पिपिआर, खाेरेत, रेविज, पशु बाझाेपन, नश्लसुधार , ज्वराेलगायतका राेगहरू भेटिएकाे थियाे । शिविरमा उपचार गराढन ल्याएका पशुहरूकाे उपचार गराईनुका साथै निशुल्क औषधी समेत वितरण गरिएकाे पशु प्राविधिक चिन्तामणी दाहालले जानकारी गराए । शिविरमा १६ जनासम्मकाे टाेलीले पशु स्वास्थ्य जाँच गरिरहेकाे छ । पशु स्वास्थ्य शिविर सञ्चालनका लागि गाउँपालिकाले ३ लाख अार्थिक सहयाेग गराएकाे गाैरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी गराए ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ११ : १५ बजे