१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चिसाेले चाैक -चाैकमा आगाे ताप्ने व्यवस्था , गाैरीगंजका सामुदायिक विद्यालय बन्द


४ पुस २०७६, शुक्रबार  

0
Shares

20191220_175213

गौरीगंज ४, पुस /केहिदिन देखि बढेकाे चिसाेका कारण दक्षिणी क्षेत्रकाे जनजिवन कष्टकर बनेकाे छ। बाक्लाे हुस्सु लागेर शितलहर बढेसँगै आवतजावतमा समस्या भएकाे छ।हुस्सुका कारण दुर्घटनाकाे जाेखिम बढेकाे छभने बालबालिका, बुढाबुढी र जनमजदुर समस्यामा परेका छन।चिसाे बढेका कारण दमका राेगीहरु प्रभाबित भएका छन। टाढाबाट गाडीमा यात्रा गरि आउने यात्रुहरु, ब्याबसाय गर्ने ब्यापारीहरु र जनमजदुर गर्ने श्रमिकहरुलाई सहजताकालागि ईलाका प्रहरी कार्यलय गौरीगंजले बजार तथा चौक क्षेत्रमा आगाे बालेर आगाे ताप्ने ब्यास्था मिलाएकाे छ।चिसाेबाट बच्नकालागि न्यानाे लुगा लगाउन अनुरोध गर्दै प्रहरीले मानिसहरुकाे बाक्लाे उपस्थिति हुने स्थानमा मुडा बालेर आगाे ताप्ने ब्याबस्था गरेकाेछ।

चिसाेका कारण बिद्यालय बन्द

लगातार बढेकाे चिसाेका कारण गौरीगंज गाउपालिका भित्रका सामुदायिक बिद्यालयहरु तीन दिनका लागि बन्द गरिएकाे छ।गौरीगंज गाउपालिका शिक्षा शाखा प्रमुख केशब भट्टराईले सामुदायिक बिद्यालयमा अध्यानरत बिद्यार्थीहरु जाडाेका कारण न्यून उपस्थिति रहेकाले पुस ६,७ र ८ गतेका लागि बिद्यालयकाे पठनपाठन बन्द गरिएकाे जानकारी गराए।विशेष गरि आर्थिक अबस्था कमजाेर भएका र बिपन्न परिवारका बालबालिकाहरु सामुदायिक बिद्यालयमा अध्यान गर्ने भएकाले न्यानाे लुगा नभएका कारण सामान्य लुगाकपडामा बिद्यालय आउने भएकाले आत्तकालका लागि बिद्यालय बन्द गरिएकाे शिक्षा अधिकृत केशब भट्टराईले बताए। गौरीगंज गाउपालिका भित्र २६ वटा सामुदायिक बिद्यालयहरु रहेका छन।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १२ : ०९ बजे