१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाघ जस्ताे जंगली जनावर गाैरीगंंजमा देखियाे


२९ मंसिर २०७६, आइतबार  

0
Shares

20191215_200524
गौरीगंज २९, / गौरीगंज गाउँपालिका वडा नं -६ काे खाडीटाेल छेउ चिया बगानमा जंगली जनवार देखापरेकाे छ । प्रत्यदर्शीका अनुसार चिया बगानमा बाघ जस्तो देखिएकाे जंगली जनावरले स्थानीयबासिन्दाकाे बाच्छा र खसी खाएकाे छ। गौरीगंज -६ देवीगंज निवासी झबिरलाल यादबकाे ४ दिन अघि गाईकाे बाछा र बुधलाल यादबकाे खसी खाएकाे बताएका छन।यादबहरुकाे बाछा र हराए पछि घरपरिवारले खाेजि गर्दा नभेटएकाे बताएका थिए। प्रत्यक्षदर्शी खाडीटाेलाका भक्त बहादुर कार्कीका अनुसार आफुले शनिवार बेलुका करिब ५.३० बजे तिर भैंसी लिएर घर आउने क्रममा चिया बगानकाे सेक्टर नं -८ मा घाँटीमा सेताे रङ भएकाे जिउमा राताे कालाे पाटा-पाटा भएकाे बाघ जस्तो देखिने करिब २.५ फिट उचाइ र ४ फिट लम्बाइ भएको जनावार देखिएकाे बताए। उनका अनुसार जंगली जनावर एकाएक बगानमानै हराएको बताए। त्यस क्षेत्रमा ८/९ वटा जंगली जनावरकाे पाईला समेत देखिएकाे उनले बताए।स्थानीय भक्त बहादुर कार्कीले बाघ जस्तो जनावर देखेपछि स्थानीय बासिन्दाहरुलाई जानकारी गराएपछि साे स्थानकाे अनुगमन गरि प्रहरी प्रशासनलाई जानकारी गराएका थिए।ईलाका प्रहरी कार्यलय गौरीगंजकाे टाेली साे स्थानमा पुगी स्थलगत अनुगमन गरेर इलाका बन कार्यलय दमकमा जानकारी गराएकाे थियाे। नागरिकको जिउधनकाे सुरक्षा र जंगली जनावरलई नियन्त्रणमा लिन अनुराेध गरिएकाे थियाे।ईलाका प्रहरी कार्यलय गौरीगंजका प्रमुख गणेश प्रसाद भट्टराईका अनुसार चिया बगान क्षेत्रमा सब डिभिजन कार्यलय दमकका फाेरेस्टर पांचौ तहका हेम सागर न्यौपाने सहित वनकाे टाेलीले स्थलगत अध्यान गरि बाघ बस्न र आउन सक्ने सम्भाबित ठाँउकाे निरिक्षण गरेकाे छ। टाेलीले गाउँपालिका सँग समन्वय गरि सम्भाबित स्थलमा ट्राप राखेर बाघलाई नियन्त्रणमा लिने जानकारी गराएकाे छ। गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठका अनुसार नागरिकको धनजनकाे क्षतिबाट जाेगाउन जंगली जनावरलाई नियन्त्रणमा लिनका लागि बन कार्यालयलाई सहयाेग गर्न तयार रहेका जानकारी गराए। जंगली जनावरलाई नियन्त्रणमा लिन बन कार्यलयबाट आएका कर्मचारीहरुले माग गरे अनुसारका सामग्रीहरु उपलब्ध गराउन स्थानीय सरकार सकरात्मक रहेकाे जानकारी गराए। बन कार्यलयले साेमबारबाट बाघ आउन सक्ने सम्भाबित स्थलमा ट्राप थाप्ने जनाएको छ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  २ : २७ बजे