१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा वेवारिसे अबस्थामा मानिस मृत फेला


२९ मंसिर २०७६, आइतबार  

0
Shares

20191215_105006
गाैरीगंज २९, मंसिर / गाैैरीगंज गाउँपालिका वार्ड नं.३ बुधवारे बजारमा एक ब्याक्ती मृत अवस्थामा भेटिएका छन।बुधबारे बजारकाे माछा बजार लाग्ने छेउमा आईतवार विहान वेवारिसे अबस्थामा मानिस मृत फेला परेकाे छन । हेर्दा मधेशी मुलकाे देखिनेे अनुमानि ४०/४५ बर्षकाे नाम, थर थाहा नभएकाे कालाे वर्णकाे मानिस बिहान मृत अबस्थामा भेटिएको थियाे। साे ब्याक्ती करिब दुई महिना अगाडिदेखि साेहि क्षेत्रमा माग्दै हिड्ने गरेकाे र रात परेपछि बाटाे मै सुत्ने गरेकाे स्थानियहरूले बताएका छन्।मृतक ब्याक्ती यसक्षेत्रमा घर ठेगाना नभएकाे पनि स्थानीयले बताएका छन।मृत अबस्थामा भेटिदा कालाे सट,खैरा ज्यनकेट, खैराे सुरुवाल लगाएकाे थियाे।कमजोर शरीर भएकाले रातिकाे कठ्याङरिने चिसाेकाे थाम्न नसकेका कारण मृत्यु भएकाे हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेकाे छ। उनकाे शव पाेस्टमार्टमका लागि दमक अस्पताल लगिएकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईले बताए । उनलाई चिन्ने वा उनका आफन्तलाई खबर गर्न प्रहरी प्रशासन लागि पर्ने र निजकाे आफन्तहरु कसैले चिनेकाे भएमा खबर गरिदिन समेत प्रहरी प्रमुखले आग्रह गरेका छन।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १ : २८ बजे