४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

अपाङ्गता भएका व्यक्तिहरूकाे अधिकार, नीति र ऐनबारे अभिमुखिकरण तालिम सम्पन्न


२७ मंसिर २०७६, शुक्रबार  

0
Shares

20191213_172929
गाैरीगंज २७, मंसिर / अपाङ्गता भएका व्यक्तिहरूकाे अधिकार ,ऐन र नीतिबारे सराेकारवालाहरूलाई आज अभिमुखिकरण तालिम दिइएकाे छ ।
एस. एन. जे.डी. कचनकवलकाे अायाेजना र गाैरीगंज अपाङ्ग सहयाेग समितिकाे समन्वयमा गाैरीगंज गाउँपालिकाकाे सभाहलमा भएकाे कार्यक्रममा सामाजिक सुरक्षा सम्बन्धि व्यवस्था, अपाङ्गता भएका महिलाकाे ज्ञान, सीप तथा क्षमताकाे उपयाेगकाे लागि कार्यक्रम सञ्चालन गर्ने, अपाङ्गता भएका बालबालिकाकाे विशेष संरक्षण, शिक्षा सम्बन्धि व्यवस्था, स्वास्थ, पुनर्स्थापना, सामाजिक, सुरक्षा र मनाेरञ्जन सम्बन्धि व्यवस्था, आवासिय शिक्षा उपलब्ध गराउने व्यवस्था, अपाङ्गता भएका व्यक्तिहरूलाई सहुलियत र सुविधा सम्बन्धि व्यवस्था, अपाङ्गता भएका व्यक्ति प्रति नेपाल सरकारकाे दायित्व सम्बन्धि जानकारी गराईएकाे थियाे ।
अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्रका अाधारमा हवाईजाहाज, रेल, बस तथा अन्य सार्वजनिक यातायातमा सहुलियत र यात्रुभाडामा ५० प्रतिशत छुट, अपाङ्गता भएका व्यक्तिले प्रयाेग गर्ने विशेष प्रकारले निर्माण गरिएका रिक्सा र चार पाङ्रे स्कुटरमा सबै प्रकारकाे भन्सार छुटकाे व्यवस्था रहेकाे कार्यक्रमका प्रशिक्षक तथा झापा जिल्ला अपाङ्ग समन्वय समितिका सचिव मदन बाेहराले बताएका थिए ।
नेपाल सरकारले कुनै प्रतिष्ठानमा अपाङ्गता भएका व्यक्तिकाे क्षमता, तालिम, याेग्यता र अनुभवका अाधारमा उपयुक्त हुने काम उपलब्ध भएसम्म अपाङ्गता भएका व्यक्तिलाई ५ प्रतिशत स्थानमा नियुक्ति गर्नुपर्ने प्रशिक्षक बाेहराले बताएका थिए ।

गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमकाे सभापतित्व गाैरीगंज अपाङ्ग सहयाेग समितिका अध्यक्ष शेरमान बुढाथाेकीले गरेका थिए । कार्यक्रममा गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठलगायत जनप्रतिनिधिहरूले बाेलेका थिए । अनुगमन, मुल्यांकन तथा याेजना अधिकृत र न्याय तथा विकासका लागि सामाजिक सञ्जालका टिकाराम धमलालगायतकाे सहभागिता रहेकाे कार्यक्रमकाे सञ्चालन एस. एन. जे.डी. कचनकवलका प्रतिनिधि कुमार चुडालले गरेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ११ : ५० बजे