४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

विवाह वर्षगाँठमा चम्लागाईं दम्पत्तिले गरे रेडक्रसलाई ५१ हजार रुपैयाँ सहयोग


२६ मंसिर २०७६, बिहिबार  

0
Shares

abc

विर्तामोड २६ , मंसीर / पछिल्लो समय जन्मदिन , विवाह, विवाह वर्षगाँठ कुनै तारे होटलमा पार्टी गरेर तडक भडक तरिकाले मनाउने गरिएको छ ।

पश्चिमी संस्कृतिको अनुसरण गरेर फजुल खर्च गरी जन्मदिन , विवाह, विवाह वर्षगाँठ मनाउँदा एकातिर धनको खर्च हुने मात्र होइन सामाजिक विकृति समेत निम्तिएको छ । तर , झापा बिर्तामोड ५ का एक दम्पत्तिले फरक तरिकाले विवाह वर्षगाँठ मनाएका छन् ।

सामाजिक सेवाको भावना मनको अन्तस्करणबाट आउनु पर्छ भन्ने उद्धेश्यले झापा बिर्तामोड ५ पाथीभरा टोलका टेकनाथ चम्लागाईं (टीएन ) र सुनिता चम्लागाईंले आफ्नो २५ औं विवाह वर्षगाँठलाई सामाजिक सेवामा जोड्दै नेपाल रेडक्रस सोसाइटी झापा र नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडलाई ५१ हजार रुपैयाँ प्रदान गरेर विवाह वर्षगाँठ मनाएका हुन् ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडमा आयोजित कार्यक्रममा टेकनाथ चम्लागाईं (टीएन ) र सुनिता चम्लागाईं , छोरी डा. प्रज्ञाश्री चम्लागाईं ,छोरा प्रनिकराज चम्लागाईंले नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल , जिल्ला कोषाध्यक्ष हेम खड्का , नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटी , उपसभापति निर्मल भट्टराई , सदस्यहरु किरण श्रेष्ठ , सुवास भट्टराई , गोवेन धिमाल , याम कार्कीलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा दाता टेकनाथ चम्लागाईं (टीएन )ले विवाह वर्षगाँठमा गरिने फजुल खर्चले सामाजिक सेवा गर्ने उद्धेश्यले रेडक्रसलाई सहयोग गरेको बताउँदै उक्त रकम सामाजिक तथा मानवीय सेवामा खर्च गर्न आग्रह गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल र नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटीले दाता चम्लागाईं दम्पत्तिलाई धन्यवाद दिँदै उक्त रकम रेडक्रसले सञ्चालन गर्ने सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा खर्च गरिने बताएका थिए ।

दाता चम्लागाईं दम्पत्तिलाई रेडक्रसको विधान अनुसार आगामी मंसीर २८ गते हुने नेपाल रेडक्रस सोसाइटी झापाको ४३ औं जिल्ला सभामा विशिष्ठ सदस्यताको प्रमाण पत्र प्रदान गरिने बताइएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहिबार  १० : ४० बजे