
काेचिला संवाददाता
गौरादह २१, मंसिर /प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले रेडक्रसले नागरिकलाई असल बाटाेमा डाेर्याइ अनुशासित बनाउदै मुलुकलाई समृद्ध बनाउन सहयाेग गर्ने धारणा राखेका छन। गौरादह नगरपालिका वडा नं ९ काे बैगुन्धुरामा नेपाल रेडक्रस साेसाईटी झापाले आयाेजना गरिएकाे २९ औ जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गाेष्ठीलाई सम्बाेधन गर्दै मन्त्री कार्कीले बिपत ब्याबस्थापन लागू औषध, दुर्व्यसनीलगायतका कार्यहरुलाई निरुत्साहित बनाई राष्ट्रका कर्णधार युवाहरुलाई सहि बाटाे देखाउन सके मुलुककाे बिकाश सम्भब रहेकाे धारणा रखेका छन। गौरादह नगरपालिकाकाे बैगुन्धुरा अंग्रेजी मा.बि. मा आयाेजना गरिएकाे २ दिने गाेष्ठीमा मन्त्री कार्कीले युवा शक्तिलाई सहि मार्ग देखाउन नसके मुलुककाे भबिस्य उज्वल नरहेकाे बताएका छन।गाेष्ठीमा सिकाेका कुराहरुलाई समाजमा प्रयाेग गरि ब्याबाहारमा लागु गर्न बिद्यार्थीहरुलाई आग्रह गरेका छन। मुलुकमा आपतबिपत पर्दा र नागरिकले प्राकृतिक वा मानबिय क्षेति भएकाे समयमा रेडक्रसले गरेकाे सहयाेग अपरिहार्य रहेकाे बताएका छन।गौरादह नगरपालिकाका मेयर राेहित कुमार शाहले कुसल नागरिक बन्दै पराेपकारी कार्य गर्न रेडक्रसले देखाएकाे मार्गमा हिड्न आवस्यक रहेकाे बताएका छन।  २९ औ जिल्ला स्तरीय गाेष्ठीमा जिल्ला भित्रका जुनियर  रेडक्रस संचालन भएका प्रत्येक  बिद्यालयहरुबाट २ जनाका दरले ३५० बिद्यार्थीहरु सहभागी हुने आयाेजकले जनाएको  छ।गाेष्ठिमा रेडक्रसकाे परिचय,उत्पत्ति,रेडक्रसका आधारभुत सिद्धान्तहरु, जुनियर युवा नीति, रेडक्रसका क्षेत्र, कार्यक्रम क्षेत्र, बिपद ब्यबस्थापन, जुनियर युवाकाे भुमिका,द्वन्द ब्यबस्थापनका बृतचित्र प्रदर्शन गर्दै  प्रशिक्षण दिईने जनाईएकाे छ।त्यस अवसरमा बिद्यार्थीहरुलाई जुनियर रेडक्रसका धारणा, प्राथमिक उपचार, बिद्यालयमा जुनियर रेडक्रसकाे महत्व, सर्प दस र यसवाट बच्ने उपाय लगायतका बिषयमा प्रशिक्षण दिईने आयाेजकले जनाएको छ।जुनियर रेडक्रस सर्कल जिल्ला संयाेजक प्रकाश चन्द्र खरेलकाे सभापतित्वमा उद्घाटन  कार्यक्रम सम्पन्न भएकाे थियाे।कार्यक्रममा गौरादह नगरपालिका वडा नं ९ का वडाध्यक्ष सिताराम भट्टराई, प्याब्सन झापा अध्यक्ष एल.पि. उप्रेती,नेपाल रेडक्रस जिल्ला सभापति लाेकराज ढकाल, बैगुन्धुरा अंग्रेजी मा.बि. का प्रधानाध्यापक उपेन्द्र निरौला लगायतले शुभकामना मन्तब्य राखेका थिए। बिद्यालय का शिक्षक भरत गौतमले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा सहायक प्रधानाध्यापक काेषराज गड्तौलाले कार्यक्रम संचालन गरेका थिए।
२० मंसिर २०७६, शुक्रबार
                                0
                           
Shares
                         
                                

 
                                                            


