५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

जेष्ठलाई न्यानाे कपडा


१७ मंसिर २०७६, मंगलबार  

0
Shares

ca1156f5fdb4cee5ee54f315bf4250b5.0
गौरीगंज १७, मंसिर / गौरीगंज गाउपालिका भित्रका जेष्ठ नागरिकहरुलाई न्यानेा कपडा बितरण गरिएको छ। ज्येष्ठ नागरिक संघ गाउसमिति गौरीगंजकाे आयाेजनामा ६० बर्ष माथिका जेष्ठ माताहरुलाई सुइटर बितरण गरेकाे हाे।जेष्ठ जागरिक संघका बरिष्ठ जिल्ला सल्लाहकार सदस्य महाबिर अग्रवालले सुइटर सौजन्य गरेका थिए।जेष्ठ नागरिक संघले गौरिगंज गाउपालिकाकाे सभाहलमा एक कार्यक्रमकाे आयाेजना गरि गाउपालिका भित्रका ७५ जना जेष्ठ माताहरुलाई सम्मान स्वरुप जाडाेका लागि आवस्यक पर्ने सुइटर बितरण गरेकाे हाे।
20191203_180619
जेष्ठ नागरिक संघ गौरीगंज उपाध्यक्ष रामकृष्ण यादवकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियो ।संविधान सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि दिपक कार्कीले कार्यक्रमकाे उद्घाटन गर्दै छाेराछाेरिहरुलाई धर्तीमा जन्म दिएर पालन पाेषण गर्दै राष्ट्रका कर्णधार ब्यक्ति बनाउने माता पिताहरुलाई सम्मान गर्नु सबैकाे दाईत्व रहेकाे धारणा राखे।त्यस अवसरमा गौरीगंज गाउपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ,संघका जिल्ला उपाध्यक्ष हरि प्रसाद ओली, जिल्ला काेषाध्यक्ष इस्वरी तिम्सिना,जिल्ला सदस्य कृष्ण प्रसाद उप्रेती, गौरीगंज गाउपालिका वडा नं ३ का वडाध्यक्ष मखना महत्ताे,समाजसेवी घनस्याम रिजाल,ईलाका प्रहरी कार्यलय गौरीगंज प्रमुख गणेश भट्टराई र भावना बाेहाेरा, गौरीगंज गाउपालिकाका कर्मचारी बिरेन्द्र खड्का लगाएतले शुभकामना मन्तब्य राखेका थिए। संघका गौरीगंज सदस्य लक्ष्मी लुईटेलले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा सचिव बिष्णु न्यौपानेले कार्यक्रम संचालन गरेका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  १२ : २९ बजे