३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गाैरादहकाे आध्यात्मिक सांस्कृतिक पर्यटन महाेत्सवकाे तयारी अन्तिम चरणमा


६ मंसिर २०७६, शुक्रबार  

0
Shares

FB_IMG_15744101806975421
काेचिला संवाददाता
गौरादह ६, मंसिर / गौरादहका साथै आसपाका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुकाे प्रचारप्रसार र प्रबर्द्धन गर्ने उदेश्यले संचालन गर्न लागिएको आध्यात्मिक सांस्कृतिक पर्यटन महाेत्सवकाे तयारी अन्तिम चरणमा पुगेकाे छ।नेपाल मानव धर्म सेवा समिति शाखा गौरादहले यहीँ मंसिर ८ गते देखि १६ गते सम्म गौरादहकाे सामुदायिक भवनमा पर्यटन महाेत्सव संचालन गर्ने तयारी गरेकाे छ।गौरादह क्षेत्रमा रहेका प्राकृतिक धार्मिक तथा सांस्कृतिक सम्पदाहरुकाे अन्य क्षेत्रमा समेत प्रचार प्रसार गराउने महाेत्सवकाे लक्ष्य रहेकाले महाेत्सवमा सबैकाे ध्यान त्यसतर्फ पुगेकाे देखिन्छ ।महाेत्सव स्थलमा सरसफाई गरिनुकाे साथै पन्डाल लगाएर घेरावेरा गरिएको छ।महाेत्सवमा सहभागी हुने दर्शकहरुका लागि मनाेरम दृष्यकाे ब्यबस्था मिलाईएकाे छभने सजावटका साथ राखिने ब्यापारीक स्टलहरुकाे ब्यबस्थापन गरिएकाे छ। महाेत्सव स्थलमा निर्माण गरिएका १५ वटा स्टल मध्ये १० वटा बुकिङ भईसकेकाे र अन्य बाँकि पनि चाँडै बुकिङ हुने महाेत्सव समितिका सचिव सान नेपालले जानकारी गराए। खानेपानी तथा अस्थायी सौचालयकाे ब्यबस्था गरिएकाे छ। महाेत्सवमा मुर्तकला, चित्रकला, स्थानीय जातजाति, भाषाभाषीहरुले प्रयाेग गरेका सामाग्री, खानपिन,भेषभुषा,स्थानीय उत्पादनहरु,धार्मिक स्थलहरुलाई समेत समाबेश गराइएकाले सबैले अपनत्व बहन गर्ने बिश्वाश लिईएकाे छ।पुर्ब क्षेत्रकाे प्रसिद्ध धार्मिक स्थल पाथिभरा देवी, बुद्वकाे मुर्ति,कलस मन्डव निर्माण भईसकेकाे छ। पशुपतिनाथ मन्दिरकाे डमी बनाई आरति गराईने, धार्मिक, आध्यात्मिक दर्शन सास्त्रीहरुका पुस्तकहरु समेत प्रदर्शनीकाे रुपमा राखिने महाेत्सवका अध्यक्ष डा.तिलक खनालले जानकारी गराए।नेपाल सरकारले अवलम्बन गरेकाे पर्यटन बर्ष २०२० लाई समेत सघाउ पुर्‍याउनुका साथै आन्तरिक पर्यटक प्रवद्वन गर्दै समाज र देशलाई रुपान्तरण गर्न धार्मिक तथा पर्यटन क्षेत्रकाे महत्त्व दर्शाउने उदेश्यले महाेत्सव संचालन गरिने जनाईएकाे छ।महाेत्सव स्थलमा बढी भन्दा बढी नागरिकहरुकाे सहभागीताकालागी व्यापक रुपमा प्रचारप्रसार गरिनुकाे साथै प्रबेशमा कुनै प्रकारकाे शुल्क नलाग्ने समितिले जानकारी गराएकाे छ। कम लागतमा महाेत्सव सम्पन्न गरि बचेकाे रकमलाई गौरादह -४ काे मिलन चौकमा निर्माणाधिन अबस्थामा रहेकाे मानव धर्म सेवा समितिकाे भवनमा खर्च गरिने र साे भवनलाई सबैकाे साझा चौताराे बनाईने जानकारी गराईएका छन।महाेत्सवलाई थप आकर्षक बनाउन ख्याति प्राप्त ब्यासाचार्यबाट महापुराण वाचन, कलाकारका कलाहरु,मानव उत्पति र बिकासक्रम झल्काउने रहस्यमय चित्रकला प्रदर्शनी, गौशालाकाे व्यवस्था र गौपूजन, याेग र विशेष ध्यान शिविर,लाेकप्रिय नेपाली बाजाहरुकाे प्रदर्शनी, गौरादहका लाेकप्रिय व्यक्ति स्व.नरबहादुर डिठ्ठाकाे स्मरणमा तयार पारिएकाे एकांकी नाटक प्रदर्शनी गरिने र दर्शकहरुलाई भरपुर मनाेरंजन दिलाईने समितिले जनएकाे छ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ११ : १० बजे