९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अस्पतालकाेे बेडबाट सुनिता राजवंशीकाे सहयाेगकाे अपिल


१ मंसिर २०७६, आइतबार  

0
Shares

20191117_194828
विर्तामोड १, मंसिर / झापाको बिर्तामोड–२ चैतुबारीकी १८ वर्षीया सुनिता राजवंशीको उपचारमा आर्थिक अभाव भएको भन्दै सहयोगको अपिल गरिएको छ ।

पेट सम्बन्धी रोगका कारण विराटनगर स्थित नोबेल अस्पतालमा विगत १०दिनदेखि उचाररत् राजवंशीको उपचारमा आर्थिक अभावका कारण समस्या आएको बुबा टनलाल राजवंशीले बताए ।

आर्थिक अवस्था अत्यन्त न्यून रहेको राजवंशी परिवारलाई स्थानीय छरछिमेकले सहयोग रकम संकलन गरेर उपचार सुरु गरेको बताइएको छ । उनको उपचारमा हालसम्म चार लाख रुपैंयाबढी खर्च भइसकेको चैतुबारी बजार ब्यवस्थापन समितिका अध्यक्ष पारस संग्रौलाले जानकारी दिए ।

पेटसम्बन्धी समस्याका कारण सिकिस्त अवस्थामा रहेकी सुनितालाई उपचारका लागि नोबेल अस्पताल पु¥याएको र उनको सफल शल्यक्रिया समेत भइसकेको बताइएको छ । बिरामीको स्वास्थ्यमा क्रमिक सुधार आएपनि लामो समय आईसियुमा राख्नुपर्ने भएकाले उनको उपचारमा अझै आठ लाखबढी रकम लाग्ने चिकित्सकले बताएको खेलकुद विकास समिति बिर्तामोडका उपाध्यक्ष केशव भण्डारीले बताए ।

आर्थिक अवस्था न्यून भएकाले सहयोग गर्न अपिल गर्दै सुनिता बचाउ अभियान सञ्चालन गरिएको छ । उनलाई सहयोग गर्नका लागि एक्सल बैंकमा बुबा टनलाल राजवंशीको नाममा रहेको खाता नम्बर ०२५०१०००११३७९६०००००१ मा सहयोग रकम जम्मा गरिदिन आग्रह गरिएको छ ।

युवा अवस्थामै गम्भिर रोगको शिकार बन्नु परेको र आर्थिक अवस्था समेत अत्यन्त न्यून रहेकाले सबैले सहयोग गरे आफ्नो जीवन रक्षा हुने सुनिताले बताएकी छिन् । सुनिताले आफ्नो जीवन बचाई दिन सबैसंग आग्रह गरेकी छन् ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  २ : ०३ बजे