३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

जुराेपानी बहुउद्देश्यीय सहकारी संस्थाकाे २१ औंं स्थापना दिवस


१ मंसिर २०७६, आइतबार  

0
Shares

20191117_165906
गौरादह १,कार्तिक / गौरादह नगरपालिका वडा नं -७ स्थित जुराेपानी बहुउद्देश्यीय सहकारी संस्थाले २१ औ स्थापना दिवस मनाएकाे छ। स्थापना दिवसको अवसरमा संस्थाले नगरपालिका भित्र रहेका माध्यमिक बिद्यालयहरु बिच हाँजिरी जवाफ प्रतियोगिता संचालन गरेकाे छ ।

20191117_180659 संस्थाले प्रत्येक बर्ष बिविध कार्यक्रमका साथ मनाउदै आएकाे स्थापना दिवस यस वर्ष बिद्यार्थीहरुकाे बौद्धिक क्षामता अभिबृद्वी गर्ने उदेश्यले हाँजिरी जवाफ प्रतियोगिता संचालन गरिएको संस्थाका मुख्य ब्यबस्थापक कुमार चापागाँईले जानकारी गराए। ग्वालडुब्बा बजारमा आयाेजना गरिएको हाँजिरी जवाफ प्रतियोगितामा नगर भित्र रहेका संस्थागत र सामुदायिक १० वटा बिद्यालयहरु सहभागी भएका थिए।प्रतियोगितामा माउन्ट एभरेस्ट मा.बि.गौरादह ४२ अंक सहित प्रथम, ज्ञनजाेती मा.बि. गौरादह ४० अंक सहित दाेस्राे र स्कुल चौन मा.बि महारानी झाेडा २९ अंक सहित तेस्राे भएका थिए।बिजेता बिद्यार्थीहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र र बिद्यालयलाई मायाकाे चिनाे बितरण गरिएको थियाे।

20191117_180634संस्थाका अध्यक्ष छत्र प्रसाद चुडालकाे सभापतित्वमा सम्पन्न स्थापना दिवस कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष अमरदास सिवाकोटीले बिजेता बिद्यालय र बिद्यार्थीलाई पुरस्कार बितरण गरेका थिए।त्यसअवसरमा वडा नं -७ का वडाध्यक्षय बलराम खरेलले शुभकामना मन्तब्य राखेका थिए। संस्थाले आयाेजना गरेकाे कार्यक्रममा शिक्षा संयाेजक दिननाथ कडेरियाले स्वागत मन्तब्य राखेकाे थियाे । संस्थाकाे शिक्षा उपसमितिद्वारा सञ्चालित कार्यक्रमकाे सञ्चालन शिक्षा उपसमिति सदस्य मेघराज पाैडेल र संस्थाका सचिब सूर्यभक्त सिटाैलाले गरेका थिए।
20191117_180623

20191117_181104

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ११ : १४ बजे